२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाको कानूनले सुविधा दिएको बाहेकका कर्मचारीलाई सवारी साधन र इन्धन खर्च नदिन निर्देशन

1.51K
shares

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनले सुविधा दिएको बाहेकका कर्मचारीलाई सवारी साधन र इन्धन खर्च नदिन निर्देशन दिएका छन् । मंगलबार मन्त्री र सचिवहरुको संयुक्तमा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले इन्धनको मुल्य वृद्धि सँगै विदेशी मुद्रा संचितीमा असर गरिरहेको भन्दै कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधनको सुविधा पाए/नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिएका हुन् ।

उनले ६ महिना भित्र तरकारी तथा फलफूल र एक बर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुने गरी सम्पूर्ण तयारी गर्न पनि निर्देशन दिएका छन् । विद्युत खपत बढाउने, निर्यातलाई प्रबद्धन गर्ने योजना बनाएर अघि बढ्न पनि भनेको एक सहभागीले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले जनताले सरका रबाट पाउने सुविधाहरु सहज र चुस्त रुपमा उपलव्ध गराउन पनि निर्देशन दिए । ‘सरकारी कार्यालयका टेवल टेवलका शासन आजै देखि बन्द गराउनुहोस्,’ उनले भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रुपमा काम गर्नुहोस् ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports