kumari
stcnepal

नेपाल बंगलादेश सँग १-१ को बराबरीमा रोकियो

काठमाडौं ।भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत तीन रातो कार्ड देखाइएको खेलमा नेपाल बंगलादेश सँग १-१ को बराबरीमा रोकिएको छ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलको दोस्रो हाफमा तनावग्रस्त र प्रतिस्पर्धात्मक बनेको थियो ।

बंगलादेशका लागि अहमेद नोभा र नेपालका लागि निरन्जन मल्लले गोल गरे । दोस्रो हाफमा नेपालका दिपेश गुरुङ र रोहित सुब्बा तथा बंगलादेशका शहीदुल इस्लामले रातो कार्ड पाए । हात हालाहालमा संलग्न भएपछि बेञ्चमा रहेका रोहितले पनि रातो कार्ड पाएका थिए ।

बराबरीपछि चार खेल बाट १० अंक जोड्दै बंगलादेश लिगको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको छ । नेपालको चार खेलमा दुई जित र एक बराबरी बाट ७ अंक छ ।

नेपालले फाइनल पुग्न भारत र माल्दिभ्स बीच सवा ७ बजे सुरु हुने खेलको नतिजा कुर्नुपर्नेछ । भारतको ३ खेल बाट ६ अंक छ । माल्दिभ्स सँग भारत पराजित भएमा मात्र नेपाल फाइनल पुग्नेछ । बराबरी वा जितले भने भारत फाइनल पुग्नेछ ।

footer