kumari
stcnepal

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी फाइटर जेटको सुरक्षा सहित ताइवान पुगिन्

काठमाडौं ।अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षा सहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्र प्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।

उनले ट्वीट गर्दै ताइवानको नेतृत्व सँग साझा हितका साथै हिन्त प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा अगाडि बढाउन विषयमा हुने बताएकी छन् । सभामुख पेलोसीले लेखेकी छन्, विश्वले निरंकुशता र लोकतन्त्रमध्ये एक विकल्प रोज्नुपर्ने बेलामा ताइवानी जनताका लागि अमेरिकी समर्थन अरुबेला भन्दा महत्वपूर्ण छ ।’ अमेरिकी सभामुख पेलोसीले सोमबार सिंगापुर बाट आफ्नो एसिया यात्रा थालेकी थिइन् । उनको ताइवान भ्रमण बारे केही बताइएको थिएन ।

बेइजिङले भने ताइवान भ्रमण नगर्न चेतावनी दिएको थियो । किनकी चीनले ताइवानलाई आफू बाट छुट्टिएको प्रान्त मान्दै आएको छ । तर उनी मंगलबार साँझ ताइपेई पुगेकी छन् । यो ताइवानमा दशकौंमा भएको अमेरिकी अधिकारीको पहिलो भ्रमण हो ।

footer