२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बिहान ४ बजे देखि कोशी नदीको भंगालो उदयपुरको बस्तीमा पस्यो

923
shares

काठमाडौं ।कोशी नदीको भंगालो बस्तीमा पसेको छ । आज बिहान ४ बजे देखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।तीन साता देखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहान देखि नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रे बाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पस्न थालेको हो ।

नदी बस्तीमा पसेपछि एक हजार बढी घरपरिवार प्रभावित हुने प्राधिकरणले जनाएको छ । सतर्क रहन सबैलाई अनुरोध गरिएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्धारमा खटिएको छ । उनीहरूले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports