सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मापदण्डलाई धोती मापदण्ड विपरित थपिए सुरक्षाकर्मी

468
shares

 

काठमाडौँ । नेपाली काग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बनेको एक हप्ता नपुग्दै सरकारले मापदण्ड विपरित कार्य गर्न शुरु गरेको छ । सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल को लागि सुरक्षाकर्मी थप गरेको छ । गृहमन्त्रालय काग्रेसकै नेता बालकृष्णा खाँडले समालेका छन् । गृहमन्त्रालयले पटके निणर्य गर्दै अध्यक्ष दाहालका लागि सुरक्षाकर्मी थप गरेको हो ।
अघिल्लो केपी ओली नेतृत्वको सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा सम्वन्धी मापदण्ड २०७७ जारी गर्दै दाहालको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो ।

दाहालको सुरक्षामा त्यसवेला नेपाल प्रहरीका डिएसपी सहित २६ र सशस्त्र प्रहरीका इन्सपेक्टर सहित ४७ जना सुरक्षाकर्मी खटिदै आएकोमा त्यसलाई कटौती गरी १८ जनामा सिमित गरेको थियो । पूर्व प्रधानमन्त्रीका लागि सशस्त्र प्रहरी १६ र नेपाल प्रहरी २ गरी जम्मा १८ जनामात्र खटाउने मापदण्डमा उल्लेख गरीएको भएपनि देउवा प्रधानमन्त्री वने लगतै मापदण्ड उल्लघन गर्दै पुन सुरक्षाकर्मी थपिएको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्याउपानेले सचिवस्तरीय निणर्य गर्दै अध्यक्ष दाहालको सुरक्षामा डिएसपीको नेतृत्वमा थप प्रहरी खटाउन निर्देशन दिएका छन् । सचिव नेउपानेको निर्देशन लगतै शनिवारवाटै प्रहरीका विनोद घिमिरेको नेतृत्वमा थप एक दर्जन प्रहरी दाहालको निवास खुमलटार पुगी सकेका छन् अव दाहालको सुरक्षामा डिएसपी सहितको प्रहरी गाडी अगुवा र सशस्त्र प्रहरीको गाडी पछुवाका रुपमा खटिने छन् । यो सुरक्षा निर्वतमान प्रधानमन्त्री केपी ओलीको भन्दा बढी हो । ओलीको सुरक्षामा इन्सपेक्टर माधव केसीको नेतृत्वमा नेपाल प्रहरीको टोली खटिएको छ ।

ओली प्रधानमन्त्री रहदा पनि केसीको टोली नै वालुवाटारमा खटिएको थियो । पूर्वपदाधिकारीहरुको सुरक्षामा लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी झण्डै एक हजार सुरक्षाकर्मी खटाइएकोमा ओली सरकारले त्यसलाई कटौती गरी केही सुरक्षाकर्मीहरुलाई फिर्ता वोलाएको थियो । त्यसवेला दाहालले माओवादीका पूर्व लडाकु प्रकाश पाण्डे सहितलाई आफ्नो सुरक्षामा खटिएका थिए । तर अहिले आफ्नै दलले देउवालाई प्रधानमन्त्री वनाएको भन्दै फेरि सुरक्षाकर्मी थपाएका छन् । देउवाले प्रधानमन्त्री हुँदा नियम कानुनलाई उल्लघन गर्दै पहिला पनि अनेक वेथिति गर्दै आएका थिए अहिले फेरि त्यो कार्य शुरु भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports