सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव समुहपनि संकटमा

468
shares

 

काठमाडौँ । नेकपा एमालेभित्र चरम विवाद देखिएपछि त्यसलाई मिलाउन गठन गरिएको कार्यदलले दिएका सुझावहरुलाई नेकपा एमालेको केन्द्रीय कमिटीले अनुमोधन गरेको छ । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुदाको वेला २०७५ जेष्ठ ३गते भन्दा अघिकै अवस्थाममा नेकपा एमाले पुग्नु पर्ने माधव नेपालको मागलाई नेकपा एमालेले सम्वोधन गरेको । तर माधव नेपाल समुह भने अहिलेसम्म नेकपा एमालेको कुनै पनि वैठकमा सहभागी भएको छैन ।

प्रधानमन्त्री शेरवहादुर देउवाले श्रावण ३गते संसदवाट विश्वासको मत लिदा नेकपा एमालेका २२ सांसदले पार्टीको निर्देशन विपरित देउवालाई विश्वासको मत दिएका थिए । पार्टी अध्यक्ष केपी ओली र माधव नेपालविचको तिव्रताले गर्दा नेकपा एमाले नेतृत्वको सरकार विस्थापित भएर काग्रेस माओवादी केन्द्र माधव नेपाल समूह र जसपाको गठवन्धन बनेको थियो । त्यही गठवन्धनले शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउने भन्दै ओली सरकार विरुद्ध आन्दोलनमा समेत गएको थियो ।

तत्कालीन सत्ताधारी दल नेकपा एमाले भीत्रको आन्तरिक द्धन्दले गर्दा २०७७ पुष ५र २०७८ जेष्ठ ८ गते गरी दुई पटक प्रतिनिधिभिा विघटन भयो तर दुवै पटकको विघटनलाई सर्वोचच अदालतको सम्वैधानिक इजालसले खारेज गरी दिएपछि नेकपा एमाले भीत्रकको विवाद समाधान हुनुको सट्टा पार्टी नै विभाजित हुने अवस्थामा पुगेकाले विवादलाइ मिलाउन ओली र माधव नेपाल पक्षले सहमति गरेर १० सदस्यीय कार्यदल वनाएका थिए । कार्यदलमा दुवै पक्षका ५÷५ जना रहेकोमा उनीहरुले ओली र नेपाललाई आफ्नो सुझाव समेत दिइसकेका भएपनि माधव नेपालले एमालेमा फर्किन सक्ने अवस्था न्यून रहेको छ ।

काग्रेस नेतृत्वको गठवन्धनलाई वलियो वनाउने नाममा उनले एमालेलाई कमजोर वनाउदै गएका र काग्रेसर माओवादी केन्द्रका नेताहरुले उनलाई धाप मारीरहेका हुनाले उनी त्यही धापमा रमाई रहेका छन् । उनको माग अनुसार नेकपा एमालेको १० औँ वैठक वसेर प्रधानमन्त्री पक्षमा मत दिने एमालेका २२ सासद र आफ्नैले वनाएको कार्यदलले दिएको सुझावलाई समेत अस्विकार गरेका हुनाले माधव समूहपनि संकटमा परेको छ । माधव समुहमा लागेका नेताहरु पनि अहिले संकटमा पर्दै गएका हुनाले नेकपा एमालेका अव के हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports