प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब हप्ताको ५ दिन मात्र सेयर बजार खुल्ने

949
shares

काठमाडौं ।सेयर बजार पुनः साताको पाँच दिन मात्रै खुल्ने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जन फुयालले हाल शुक्रबार समेत भइरहेको कारोबार हटाएर पुनः पाँच दिन मात्रै कारोबार दिन कायम गर्ने बताएका छन्।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काठमाडौंमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयको अन्तर्क्रिया कार्यक्रममा फुयालले यस्तो बताएका हुन्। प्रबन्धक फुयालले नेप्सेले छिट्टै यो व्यवस्था हटाएर पाँच दिन मात्र सेयर कारोबार हुने बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने, ‘गत असार देखि नेपालमा सेयर कारोबार छ दिन गरिएको छ। छिट्टै शुक्रबारको कारोबार हटाएर पुनः पाँच दिन सेयर कारोबार दिन कायम गर्दैछौं’। हाल शनिबार बाहेक साताको छ दिन सेयर कारोबार भइरहेको छ। गत असार १ गते देखि लागू हुने गरी सेयर बजार साताको छ दिन नै खुल्न थालेको हो।

अहिलेको व्यवस्था अनुसार आइतबार देखि बिहीबार सम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुँदै आएको छ।सेयर खरिद बिक्री केन्द्र बाट वि. सं. २०५० मा नेपाल स्टक एक्सचेञ्जको रूपमा रूपान्तरण भए सँगै सेयर बजार ५ दिन खुला रहने गरेको थियो। तर गत जेठमा सरकारले पेट्रोलियम पदार्थको बचत गर्न परीक्षणको लागि भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिइयो।

नेप्सेले पनि सरकारको निर्णय सँगै आइतबार बिदा दिएर शुक्रबार नियमित कारोबार गरिरहेको थियो। पछि सरकारले आइतबार दिएको बिदा खारेजकाे घोषणा गरे सँगै नेप्सेले आइतबार समेत गरी साताको छ दिन नै नियमित सेयर कारोबार सञ्चालन गर्दै आएकाे हाे।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports