२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसलाई सय सिट राखेर गठबन्धन गर्न सभापति देउवालाई सुझाव

793
shares

काठमाडौं ।नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले सय सिट राखेर गठबन्धन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले सय सिट राखेर मात्रै गठबन्धन गर्न सुझाव दिँदै सो सम्भव नभए गठबन्धन नगर्न सुझाव दिएका छन् ।

“कांग्रेसले सय सिट लिएर बाँकी सिट बाँड्दा मात्र गठबन्धन कसिलो हुन्छ भन्ने सुझाव आएको छ,” एक पूर्वपदाधिकारीले भने, “हैन भने कांग्रेसको सिट व्यवस्थापन सम्भव हुँदैन । त्यसले गठबन्धनको सफलतामा पनि असर पार्छ भन्ने कुरा राखेका छौँ ।” ती पदाधिकारीका अनुसार गठबन्धनमा लचिलो नभए विपक्षीले हदैसम्म दिएर पनि गठबन्धन गर्न मिहिनेत गरिरहेको भन्दै सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई त्यही अनुरुपको मानसिकता बनाउन आग्रह गरेका थिए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने पार्टीका तर्फ बाट गठबन्धन कार्यलयमा रहेका सदस्यहरुलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको बताए । उनले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको जानकारी दिए ।

“पार्टीका तर्फ बाट सत्ता गठबन्धन कार्यदलका सदस्यहरु सँग छलफल थियो । आजै पाँच दलीय कार्यदल सँग छलफल छ । पदाधिकारी र पूर्वपदाधिकारीको सुझाव सल्लाह लिनका लागि सभापतिले बैठक डाक्नुभएको हो,” प्रवक्ता डा. महतले भने, “साथिहरुले आफूलाई लागेका सल्लाह सुझाव दिनुभएको छ ।” उनले सुझाव दिने क्रम जारी रहेको भन्दै अहिले प्रारम्भिक सुझाव भएकाले ठोस रुपमा यति नै सिट भनेर सुझाव नदिएको बताए ।

“प्रारम्भिक बैठक बस्न लागेको हो । यहाँ सुझाव पनि प्रारम्भिक मात्र आएका छन्,” प्रवक्ता महतले भने, “०७४को चुनावमा, यसपालाको स्थानीय चुनावमा पाएको मतलाई आधार मान्न सुझाव आएका छन् ।”

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports