२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शर्मालाई चोख्याउने समिति

858
shares

 

काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा माथी बजेट निमार्णका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको प्रकरणमा ससदीय छानवीन समितिले प्रमाण नष्ट पार्न आरोपितलाई सहयोग पुग्ने गरी देखावटी रुपमा मात्र अनुसन्धान गरेको पाइएको छ ।
अनुसन्धनका दायरामा तानिएका शकास्पद व्यक्तिमाथी निगरानी र सम्भावित प्रमाण सुरक्षित गर्नुपर्नेमा समितिले आरोपित व्यक्तिलाई उन्मुक्ती दिने काम शुरुदेखी नै गरेर लापरवाही गरेको छ ।
अर्थमन्त्रालयको सिसीटिभी फुटेज स्टोर हुने हाईडिक्स सुरुमै नियन्त्रणमा नलिनु करको दरमा हेरफेरमा संलग्न भएका भनिएका व्यक्ति पूर्व नासु रघुनाथ घिमिरे र अर्का चार्टड एकाउन्ट (सिए) बजेट निर्माणमा कँहा थिए ?
उनीहरुले को को सँग कुरा गरे भनेर पत्तो नलगाउनु कल डिटेल र लोकेशन ट्रयाक समेत नगरेकोले ससदीय अनुसन्धान समितिले गरेको अनुसन्धान विधि माथी नै गम्भिर प्रश्न उठेको छ । रघुनाथ घिमिरेमा केन्द्रीत रहेर अनुसन्धान अघि बढाउनु पदथ्यो ।
जेष्ठ १४ गते राती उनी रहेका लोकेशनबाट अनुसन्धान गर्नुपर्नेमा मन्त्रालयका कर्मचारीहरुको वयानवाट छानवीन गर्नु अर्को लापरवाही हो । त्यही कारणले गर्दा सबै प्रमाणहरु नष्ट गरिदिएका छन् ।
समितिले घिमिरे बजेट निर्माणका दिन अर्थमन्त्रालयमा प्रवेश गरेका हुन् कि होइन भने विषयमा उनीसँग वयान नै नलिनुले ससदीय छानविन समिति पनि नौटंकी र अर्थमन्त्री शर्मालाई चोख्याउनका लागि मात्र बनाइएको प्रष्ट भएको छ । अर्थमन्त्रालयका कर्मचारीहरुलाई समेत एकै ठाँउमा राखेर वयान लिदाँ उनीहरुले आफूभन्दा उच्च तहका पदाधिकारीहरुलाई पहिला नै भने अनुसारको वयान दिएका थिए ।
शर्मालाई क्लिनचिट दिने रणनिति कर्मचारीहरुले थाहा पाएपछि फेरी शर्मा नै अर्थमन्त्री भएर मन्त्रालयमा आउने डरले गर्दा आफुहरु कारवाहीमा परिने डरले सबै कर्मचारीहरुले रेडिमेण्ट वयान दिएका हुनाले ससदीय छानवीन समिति पनि हात्तीको देखाउने दाँत जस्तो मात्र भएको छ ।
यसले गर्दा शर्मालाई चोख्याउनका लागि मात्र समिति वनाईएको प्रमाणित भएन र ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports