यी कार्य सम्पन्न गर्न शर्मा नै अर्थमन्त्री
वि.सं.२०७९ साउन २३ सोमवार १८:०२
shares

काठमाडौँ । करिब १५ दिन अगाडी राजिनामा दिएर अर्थमन्त्रालयवाट वाहिरिएका जनार्दन शर्मालाई श्रावण १५ गते नेपाली जनताले खीर खाने दिन शर्मालाई समेत खीर खाने गरी पुनः अर्थमन्त्री बनाइएको छ ।
पाँच दलिय गठवन्धन, प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षको सहमतिमा शर्मा अर्थमन्त्रालयमा पुनः प्रवेश गरेका छन् । बजेट निर्माण गर्ने क्रममा अनाघिकृत व्यक्तिलाई करको दरमा हेरफेर गर्न अनुमति दिएको आरोप लागेपछि उनले राजिनामा दिएका थिए ।
शर्माले राजिनामा दिएकै दिन प्रतिनिधिसभाले ससदीय छानविन समिति बनाएको थियो । समिति बनाउदा नै पाँच दलिय गठवन्धनको बहुमत राखिएकोले त्यसैवेला समितिले शर्मालाई निर्दोष सावित गर्न सक्ने आंकलन गरिएको थियो । आखिरी भयो त्यस्तै ।
अर्थ मन्त्रालयमा अहिले पनि धेरै वेथिति रहेका र ती सबै वेथितिलाई नियम संगत बनाउने रणनितिका साथ शर्मालाई पुनः अर्थमन्त्री बनाईएको छ । नेपाली सेनाका लागि हेलिकप्टर खरिद गर्न २०७४ मा प्रकृया अगि बढाइएको भएपनि अर्थमन्त्रालयले रोकेको थियो ।
अब रुस बाटै हेलिकप्टर खरिद गरी मोटो कमिसन हात पार्ने प्रकृया अघि बढाइने भएको छ ।
अन्तशुल्क स्टिकर छाप्न भारतीय कम्पनी मद्रास सेक्युरिटीबाट स्टिकर किन्ने प्रकृया सर्वोच्च अदालतमा विचारधिन भएपनि जीटुजीका नाममा विचौलिया मार्फत खरिद प्रकृया अघि बढाउने प्रकृया अघि बढाउने निश्चित जस्तै रहेको छ ।
कर समायोजन गर्नुको सट्टा नेपाल आयल निगमलाई टाट पल्टाई निजि क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबार जिम्मा दिने प्रयास स्वयम राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा गठन गरीएको सिफारिस समितिको सिफारिस अनुसार पेट्रोलियम पर्दाथको कारोवार निजि क्षेत्रलाई जिम्मा दिईने सम्भावना रहेको छ ।
धितो पत्र ब्रोकर लाईसन लोकसेवा बाट परिक्षा हुदै आएकोमा अब सिधै लाइसेन्स दिएर मोटो रकम हात पार्ने प्रपच्च रचिने भएको छ । एकातिर धेरै कम्पनी भएको भन्दै मर्जर र क्षमता अभिवृद्धिको निति अर्कोतिर अनियन्त्रित लाईसेन्स कुनै पनि अभ्यास विना नै, नेपाल स्टक एक्चेञ्जको क्षमता विस्तार गर्नुको बदला समान्तर रुपमा निजि क्षेत्रलाई कारोवार गर्न दिने गृहकार्य यी सबै कार्यहरु सम्पन्न गर्न शर्मालाई पुन अर्थमन्त्री बनाईएको छ ।
निर्वाचनको मुखमा राजनितिक दलहरुलाई मोटो रकम आवश्यक पर्ने भएकोले यी सबै कार्यहरुवाट मोटो कमिसन रकम लिएर निर्वाचन जित्ने रणनितिका साथ शर्मालाई पुन मन्त्री बनाइएको हो, भन्नुमा कुनै आपत्ति नहोला ।




































