२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए ८६८ जना कोरोना संक्रमित, ३ जनाको निधन

949
shares

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।

यस्तै सोही समयमा ३ जनाको निधन भएको छ । यस सँगै हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४१४ निको भएका छन् भने नेपालमा हाल ५ हजार ८८५ सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports