kumari
stcnepal

नेप्सेमा ५.११ अंकको गिरावट

काठमाडौं । सोमबार यता सेयर बजारमा निरन्तर गिरावट आएको छ । साताको चौथो कारोबार दिन बुधबार परिसूचक नेप्से ५.११ अंक (०.२५ प्रतिशत) ले गिरावट हुँदा २०५७.६८ अंकमा बन्द भएको छ ।

नेप्से सँगै अधिकांश उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । बुधबार उत्पादनमुलक र लगानी उपसूचक बाहे सबै उपसूचक घटेको छ । उत्पादनमुलक उपसूचक ०.५ प्रतिशत र लगानी उपसूचक ०.६९ प्रतिशतले बढेको छ । व्यापार उपसूचक सर्वाधिक १.४९ प्रतिशतले गिरावट हुँदा अरु उपसूचकहरुमा भने १ प्रतिशत भन्दा कमको गिरावट भएको छ ।

पछिल्लो समय लगातार २ अर्ब नाघिरहेको कारोबार रकम बुधबार २ अर्बबाट तल झरेको छ । मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार ४६ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।

footer