kumari
stcnepal

नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्चलाई दिऊँ : बालेन

काठमाडौँ ।सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टा भित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश प्रति महानगरका प्रमुखले असन्तुष्टि प्रकट गरेका छन् ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज उक्त आदेश जारीपछि प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न गरोस भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

उनले लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’

footer