kumari
stcnepal

भदौ ८ देखि समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम सुरु

काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु गर्ने भएको छ । आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । निर्वाचन कार्यक्रम अनुसार आयोगले समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले भदौ ८ मा निवेदन दिन सूचना आह्वान गर्नेछ । भदौ १० देखि १२ गते सम्म दलहरुले निवेदन पेस गर्नुपर्ने हुन्छ ।

उक्त निवेदन १३ गते आयोगले प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्वाचन कार्यक्रममा उल्लेख छ । राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय तोकेको छ । त्यस्तै उम्मेदवारको बन्दसूची असोज २२ मा प्रकाशन गर्ने कार्यसूची आयोगले तय गरेको छ ।

२३ असोजमा प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन दर्ता गर्ने आयोगको तयारी छ । समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची कात्तिक ९ गते प्रकाशन गर्ने आयोगले जनाएको छ ।

footer