kumari
stcnepal

माओवादी केन्द्रको काठमाडौंका तीन निर्वाचन क्षेत्रमा दाबी

काठमाडौं ।संघ र प्रदेशको चुनाव घोषणा सँगै सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटका बैठक चलिरहेका छन् । भागबन्डाको टुंगो लागि नसकेको भए पनि दाबी-प्रतिदाबी भने चलिरहेकै छ ।

यस्तोमा काठमाडौंमा निकै कमजोर रहेको नेकपा माओवादी केन्द्रले यहाँका कति क्षेत्रमा दाबी गर्ला भन्ने चासो छ । काठमाडौं जिल्लामा १० वटा संघीय निर्वाचन क्षेत्र छन् । स्रोतका अनुसार माओवादीले यसपटकको चुनावमा काठमाडौंका तीन क्षेत्रमा दाबी गरेको छ । शान्ति प्रक्रियामा आए लगत्तैको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन १५ मध्य ६ वटा क्षेत्रमा जितेको थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने माओवादीले एउटा निर्वाचन क्षेत्र पनि जित्न सकेन ।

२०७४ मा नेकपा एमाले सँग वाम गठबन्धन गर्दा तीन वटा निर्वाचन माओवादी केन्द्रले पाएको थियो । काठमाडौं-१, ६ र १० मा माओवादीले उम्मेदवारी दिएको थियो तर सबै पराजित भएका थिए । क्षेत्र नम्बर १ मा अनिलकुमार शर्मा, ६ मा झक्कुप्रसाद सुवेदी र १० मा हितमान शाक्य उम्मेदवार बनेका थिए । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले पुरानै क्षेत्रमा आफ्नो दाबी गरेको बताए । ‘२०७४ मा एमाले सँग गठबन्धन गर्दा पाएका क्षेत्र नै हुनुपर्छ भन्ने छ,’ शर्माले भने ।

footer