२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसलाई सकस, सिट भागबण्डा लगाउँदा आफू रित्तिने डर

897
shares

काठमाडौं ।सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई आगामी निर्वाचनको सिट बाँडफाँडमा निकै सकस हुने देखिएको छ । सिट बाँडफाँडमा अरु माग्ने काँग्रेस दिनेमा परेको छ । सभापति देउवालाई प्रधानमन्त्री प्रधानमन्त्री बनाइ दिए वापत स्वयं काँग्रेसले के पायो भन्ने उनकै कार्यकर्तालाई थाहा होला तर, त्यस वापतको अन्य दलको हैसियत भन्दा माथिको वार्गेनिङ सुनेरै दिक्क लाग्न थालेको एक नेताले बताए ।

आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनिदिन विन्ती गर्ने माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले २० प्रतिशत सिट बटमलाइन भएको बताएको छ । नेकपा (माओवादी केन्द्र) ले निकै पहिले देखि आफूलाई दाश्रो दल बन्ने गरी भाग नलगाए ‘देखाइदिने’ धम्की दिदैं आएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले पनि स्थानीय निर्वाचनमा धोका भएकाले त्यसको समेत सुद्भर्ना हुने गरी भाग पाउनु पर्ने दावी गरेको छ । समाजवादीले २५ देखि २५ प्रतिशत सम्मको दावी गर्न स्वभाविक भएको त्यसका नेताहरूले सार्वजनिक रूपमै भनिरहेका छन् ।

यस बाहेक लोकतान्त्रिक समाजवादी पार्टी, बाबुराम नेतृत्वको पार्टी पनि काँग्रेस सँगै तालमेल गर्न वा गठबन्धनमा मिसिन चाहेकाले उनीहरूलाई पनि गच्छे अनुसारको भाग लगाउनै पर्यो । यसरी हेर्दा प्रचण्ड ४०, माधव नेपाल २०, उपेन्द्र यादव २०, लोसपा १० र बाबुरामलाई ५ प्रतिशत भाग लगाउँदा ९५ प्रतिशत हुन्छ र काँग्रेसको भागमा ५ प्रतिशत मात्र हुन आउँछ । के काग्रेस आफू भान्से भएर ५ प्रतिशतमा चित्त बुझाउला ?

काँग्रेसका दुःख भने बेग्लै छन् । उसले आफ्नो भोटले अरुलाई जिताउनु पर्ने हुन्छ भने त्यही जिताई दिए वापत पाँच वर्ष सम्म संयुक्त सरकार बनाएर उनीहरूकै घुर्कीमा थरथरी भइरहनु पर्नेछ । त्यस्ले काँग्रेसको शिर्ष नेताहरूको बैठकमा माना माथि पाथी घोप्ट्याउन नसकिने निर्णय नै गरेको छ । दावी गरे अनुसारको भाग लगाउँदा आफू रित्तै होइने र नलगाउँदा पाँच वर्ष सत्ता बाहिर रहनु पर्ने त्रास छ । माधव नेपालको दावी उसको पार्टीको आकार, हैसियत भन्दा धेरै भएकोमा प्रचण्ड र देउवा एकमत देखिन्छन् । तर पनि उनीहरू आफैले जन्माइदिएको पार्टीलाई सडकमा छाड्दा पाप लाग्छ भनेर पनि नेकपा (एस) लाई साथै लिएर हिड्न वाध्य छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports