२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रहरी समायोजनको माग गर्दै मधेश सरकारले सुरु गरेको आन्दोलन औचित्यहीन : लोसपा

910
shares

जनकपुरधाम ।प्रहरी समायोजनको माग गर्दै मधेश सरकारले सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले औचित्यहीन बताएको छ ।लोसपाले प्रहरी समायोजन कार्यान्वयनको जिम्मा बोकेका नेपाल सरकारलाई जनकपुरधाममा धर्ना बसेर दबाव दिन नसकिने बताएको छ ।

लोसपाका संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनल सर्वसम्मतले प्रहरी समायोजन विधेयक पारित भएपछि यसको कार्यान्वयनको जिम्मा नेपाल सरकारको भएको बताए । यहाँ आन्दोलन गरेर केहि नहुने र समायोजन रोकेका नेपाल सरकारलाई दबाव दिन काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने उनको भनाइ छ । ‘प्रदेशमा जति दल सरकारमा सहभागी छन्, ती दल त केन्द्रीय सरकारमा पनि छन्’ उनी भन्छन्, ‘उनको साथमा गएर न आन्दोलन गर्ने हो । प्रदेशमा सबै त सरकारकै साथमा छ । यहाँ आन्दोलन गरेर के मिल्छ ? हामीलाई त नेपाल सरकारको विरुद्धमा आन्दोलन गर्नुछ ।’

प्रदेशमा गरिएको आन्दोलनको कुनै औचित्य नरहेको भन्दै उनी आन्दोलन काठमाडौं केन्द्रीत गर्नुपर्ने बताउँछन् । ‘नेपाल सरकार माथि दबाव बनाउन काठमाडौं केन्द्रीत आन्दोलन भए त्यसमा प्रतिपक्षी दलको पनि भूमिका हुन्छ’ उनी भन्छन्, ‘यसो भए हाम्रो पनि सकृय सहभागिता रहन्छ । होइन भने प्रदेश सभामा यहाँ बसेर गर्ने आन्दोलनको कुनै औचित्य छैन् ।’ संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले आइतबार देखि जनकपुरधाममा धर्ना दिन सुरु गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports