चुनावमा सीमित क्षेत्रमा मात्र अन्य दल सँग चुनावी तालमेल गर्ने अध्यक्ष कमल थापाको प्रस्ताव
वि.सं.२०७९ साउन ३० सोमवार १५:३७
shares

काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सीमित क्षेत्रमा मात्र अन्य दल सँग चुनावी तालमेल गर्ने प्रस्ताव राखेका छन् ।
पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै थापाले आगामी संसदीय निर्वाचन बाट पार्टीलाई बलियो शक्ति बनाउनुपर्नेमा जोड दिएका छन् । उनले प्रस्तावमा भनेका छन्, ‘प्रदेशसभा र प्रतिनिधिसभाका केही सिमित क्षेत्रहरुमा अन्य राजनीतिक दल सँग चुनावि तालमेल गरिने छ । तालमेल नभएका बाँकि सबै क्षेत्रमा राप्रपा नेपालले उमेदवार खडा गर्नेछ ।’
भदौ २५ गते सम्म उम्मेदवारहरुको नाम पठाउनुपर्ने र केन्द्रीय समितिले भदौ मसान्त भित्र उम्मेदवारको नाम टुंगो लगाउने र असोज १ र २ गते वीरगञ्जमा बृहत राष्ट्रिय भेला गर्ने उनको प्रस्ताव छ । उनले आगामी चुनाव बाट पार्टीलाई कम्तीमा राष्ट्रिय पार्टी बनाउने लक्ष्य राखेका छन् ।




































