२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बञ्चरेडाँडामा अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीय बासिन्दा बीच ठाउँ ठाउँमा झडप

988
shares

काठमाडौं ।फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई रोक्न बञ्चरेडाँडाका बासिन्दाले गुलेली हानेका छन् । स्थानीय बासिन्दाको अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीय बासिन्दा बीच ठाउँ ठाउँमा झडप भएको छ । प्रहरीले स्थानीय बासन्दिलाई लखेटेर बञ्चरेडाँडामा करिब ५० ट्रक फोहोर झारेको छ । प्रहरीले लखेटेपछि स्थानीयबासीले डाँडामा बसेर गुलेली र ढुंगा प्रहार गरेका एक जना प्रत्यक्षदर्शीले जानकारी दिएक छन् ।

‘प्रहरीले फोहोर रोक्ने को हो ? हिजो विज्ञप्ति जारी गर्ने को को हो ? भन्दै घर घरमा सोधिरहेको छ । स्थानीय युवाहरु कोहि घरमा बसेका छैनन् । सबै डाँडामा चढेका छन् । ५० ट्रक जति फोहोर जबरजस्ती झारेपछि यहाँको मान्छेले ढुंगा हानेका थिए । त्यसपछि फोहोर झार्न रोकिएको छ’, एक जना स्थानीयबासिन्दाले भने । नेकपा एकीकृत समाजवादी धुनवेशी नगरपालिका एकका अध्यक्ष भिषण धितालले प्रहरीले दमन गरेर नै फोहोर झारेकोले झडपको स्थिति सिर्जना भएको बताए । ‘अहिले ठुलो झडप त छैन । नरोकिने हो भने यसले ठुलो रुपमा लिन्छ,’ उनले भने ।

नेपाली कांग्रेसका धुनवेशी नगरपालिका एक नम्बर वडा सभापति पूर्ण थिङले स्थानीयबासी माथि लगाइएको झुटो मुद्दा खारेज गरेर वार्ताको वातावरण बनाउनु पर्ने बताए । काठमाडौं महानगरले आज २ सय भन्दा धेरै गाडी फोहोर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । जसमा हालसम्म ५० वटा गाडीको फोहोर मात्रै झारिएको छ । अरु गाडी बाटोमै छन् ।

महानगरले नेपाल ट्रिप्पर व्यवसायी संघ सँग डिजेल र चालक भत्ता दिनेगरी २ सय ५० टिपरलाई भाडामा लिएर फोहोर पठाएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार भाडामा लिएका टिपरले पनि स्थानीयको अवरोधको कारण फोहोर फाल्न सकेका छैनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports