राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि माओवादीको चिह्न बाट चुनाव लड्ने
वि.सं.२०७९ साउन ३१ मंगलवार १३:१८
shares

काठमाडौं ।नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न बाट निर्वाचनमा भाग लिने भएका छन् । गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो,’ उनले भने । उनले पार्टी एकीकरण नभई चुनाव चिह्न मात्र लिएर निर्वाचनमा भाग लिन लागेको उनले बताए ।
यसअघि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति भइसकेको छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्न बाट निर्वाचन लड्न दिने निर्णय पार्टीले गरिसकेको बताए ।




































