माओवादीमा रहेका ठुलो समूहका युवाहरू एमालेमा प्रवेश, माओबादीलाई ठूलो धक्का
वि.सं.२०७९ भदौ १ बुधवार ०७:१४
shares

महोत्तरी ।माओवादी केन्द्रमा आबद्ध महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ ।युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापा सहित युवाहरूको ठुलो समूह हिजो नेकपा एमालेमा प्रवेश गरेको हो ।
एमाले अध्यक्ष केपी सर्मा ओलीले हिजो एक कार्यक्रमका बीच जिल्ला बाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन । प्रवेश गर्नेहरूमा बर्दिबासका स्थानीय नेता नीरज अधिकारी, रामगोपालपुर र गौशाला बाट समेत झण्डै १ दर्जन युवाहरूलाई अध्यक्ष ओलीले खादा र सिन्दूर लगाएर प्रवेश गराएका थिए ।
निर्वाचन नजिकिँदै गर्दा युवाहरूको ठुलो समूह प्रवेश गर्नुलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ । पाटीले क्षमता भएका युवाहरूलाई निषेध गरेको हुनाले नेकपा एमाले रोजेको उनीहरूको भनाइ छ ।




































