गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्सेको सीइओ साउदको शेयर काण्ड छताछुल्लः स्वार्थ बाझिने गरि आफ्नै श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको ११ हजार भन्दा बढि कित्ता शेयर खरिद गरेको खुलासा ?

689
shares

 

काठमाडौँ
नेप्सेको सीइओ साउदको शेयर काण्ड छताछुल्लः स्वार्थ बाझिने गरि आफ्नै श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको ११ हजार भन्दा बढि कित्ता शेयर खरिद गरेको खुलासा ?
आफ्नै हात जगन्ननाथ भने झै नेपाल स्टक एक्सचेन्ज (नेप्स)का सीइओ चन्द्र सिंह साउदले आफ्नै श्रीमतीको नाममा स्वार्थ बाझिने गरि हजारौं हजार शेयर शेयर खरिद गरेको भेटिएको छ भन्दा अब चाहि फरक पर्दैन । नेप्सेका सीइओ चन्द्र सिंह साउदले स्वार्थ बाफिने गरिने सर्वोत्तम सिमेन्टको श्रीमतीका नाममा ११ हजार ९ सय १२ कित्ता खरिद गरेको पुष्टी भएको छ ।

तत्कालीन नेपाली कांग्रेसको सरकार भएका बेला नेप्सेको सीइओ नियुक्त भएको साउदले यो ३÷४ वर्षको बीचमा यस्तै स्वार्थ बाझिने गरि शेयर खरिद गरि अर्बै कुम्लाएको बीमा कम्पनीकै एक सीइओले नाम नलेख्ने शर्तमा बताए ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले स्वार्थ बाझिने गरि सर्वोत्तम सिमेन्टको शेयर किनेको खुलासा भएको हो ।

कारोबारलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१, ९२ र ९३ ले यसलाई दण्डनीय भनिन्छ । यस्तो कार्यमा संलग्न हुनेलाई विगो जरिवाना वा एक वर्ष कैद वा दुवै हुनसक्ने प्रस्टै देखिन्छ । नियामक निकायको नेतृत्वमा बसेर प्राप्त सूचनाको आधारमा परिवारका सदस्यको नाममा शेयर खरिद बिक्री गर्नु ‘इन्साईडर ट्रेड्रिङ’ हो भन्दा फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् ।

नेप्सेबम सीइओ साउदले आफ्नो श्रीमती सुशिला कुमारी बोहराको नाममा शेयर लिएको भेटिएको छ । शेयर लगत विवरणमा उनको ठेगाना बैतडीको शिवलिङ्ग–१ उल्लेख छ । ११ लाख ९१ हजार २ सय रुपैयाँमा उक्त शेयर खरिद गरेको देखिएको हो । अर्थमन्त्रीज्यू हेक्का होस् र छनवीन तत्कालै गरियोस् ।

कम्पनीले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशनको तयारी गरिरहेको छ । आईपिओ निष्काशनको तयारी भएपछि र नेप्से सीईओ साउदले आफ्नो परिवारको नाममा शेयर खरिद गरेको खुलेको हो । भन्दा फरक पर्दैन । यसले के प्रस्ट पार्दछ भने यो लुटको खेती नै हो भनेर । यस कारोबारलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१, ९२ र ९३ ले यसलाई दण्डनीय भनिन्छ । यस्तो कार्यमा संलग्न हुनेलाई विगो जरिवाना वा एक वर्ष कैद वा दुवै हुनसक्ने प्रस्टै देखिन्छ । नियामक निकायको नेतृत्वमा बसेर प्राप्त सूचनाको आधारमा परिवारका सदस्यको नाममा शेयर खरिद बिक्री गर्नु ‘इन्साईडर ट्रेड्रिङ’ हो भन्दा फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् ।

नेप्सेका सीइओ साउदले पदको दुरुपयोग गर्दै स्वार्थ वाझिने गरि सर्वोत्तम सिमेन्ट लगायत दर्जनौ कम्पनीहरुको शेयर खरिद गरि अर्बै सम्पत्ती आर्जन गरेको भन्दै उनी बिरुद्ध सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा उजुरी आएको विभाग उच्च स्रोतले पंक्तिकारसंग बतायो ।

सर्वोत्तम सिमेन्ट कम्पनीले ४० करोड पूँँजी जुटाउनका लागि डेढ वर्ष पहिले १७ जना तथा पछि ५७ जनालाई संस्थापक शेयर बिक्री गरेको थियो । २०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारीमा छ । सर्वोत्तम सिमेन्टको खानी पाल्पामा छ भने नवलपरासीमा उद्योग रहेको छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको सूची समेत तयार पारिसकेको थियो । कम्पनीले प्रतिकित्ता शेयर मूल्य ७५० रुपैयाँ कायम गर्न बोर्डसमक्ष प्रस्ताव गरिसकेको थियो । नेप्सेका सीइओ साउदले पदको दुरुपयोग गर्दै स्वार्थ वाझिने गरि सर्वोत्तम सिमेन्ट लगायत दर्जनौ कम्पनीहरुको शेयर खरिद गरि अर्बै सम्पत्ती आर्जन गरेको भन्दै उनी बिरुद्ध सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा उजुरी आएको विभाग उच्च स्रोतले पंक्तिकारसंग बतायो ।

नेप्सेका सीइओ चन्द्र सिंह साउद फेरि कांग्रेसको सरकार आएको भन्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको जागिर नै खाईदिने बताउँदै हिडेको फेला परेको छ । कारण के हो ? यसको खोजी शुरु भएको छ । जे भएपनि स्वार्थ बाझिने गरि खुलेआम शेयर खरिद गरिनुले के सन्देश जान्छ त्यो चाहि खोजीकै विषय बनेको छ ।

नेपाल धितोपत्र बोर्डलाई चुनौती दिँदै आएका नेप्सेका सीइओ चन्द्र सिंह साउद फेरि कांग्रेसको सरकार आएको भन्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको जागिर नै खाईदिने बताउँदै हिडेको फेला परेको छ । कारण के हो ? यसको खोजी शुरु भएको छ । जे भएपनि स्वार्थ बाझिने गरि खुलेआम शेयर खरिद गरिनुले के सन्देश जान्छ त्यो चाहि खोजीकै विषय बनेको छ । अर्थमन्त्रीज्यू हेक्का होस् ।
(आर्थिकबजार डट कम बाट ं

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports