सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेमै फर्किएलान् त माधव

546
shares

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी आलीले माधव नेपाल नेकपा एमालेमा फर्किनेमा आफुलाई कमै विश्वास रहेको वताएका छन् । अध्यक्ष ओलीले केही दिन पहिला नेकपा एमालेका असन्तुष्ठ पक्षका माधव नेपाल सहितका सवै नेताहरुलाई पार्टीमा फर्किन आग्रह गर्दै उनिहरुले विगतमा गरेका गल्तिहरुलाई माफी दिने घोषणा गरेका थिए ।

अध्यक्ष आलीले त्यस्तो अभिव्यक्ती दिएपछि माधव नेपालले त्यस्को प्रतिवद्धता गर्दै अध्यक्ष ओलीलाई श्री ५ महाराजधिराजवाट माफी वक्सियो भन्दै हामी खुसीले नाच्नुपर्ने भन्ने अभिव्यक्ति दिएका थिए ।गल्ति कमजोरी गर्नेलाई व्यक्तिले होइन पार्टीले माफी दिने हो तर माधव नेपालले अध्यक्ष ओलीलाई त्यस्तो दोष लगएका थिए ।

पार्टीले माफी दिएपछि पनि माधव नेपालले अव मलाई कसैले कही गर्न सक्दैनन् मेरा पछाडी पुरै सरकार छ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् भने ठाग्नु र घमण्ड देखाउदै आएको जस्तो देखिएको छ । पुष्पकमल दाहालले नेकपा एमालेभीत्र वसेर माधव नेपालकै सहयोगमा नेकपा एमालेलाई ध्वस्त पार्ने प्रयास गरीरहेका छन् । केही दिन अगाडी मात्र माओवादी केन्द्र नेता देवेन्द्र पौडेलले अव जसरी भएपनि माधव नेपाललाई नेकपा एमालेको अध्यक्ष वनाएर पार्टी एकीकरण गर्ने हो भन्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिएका हुनाले माओवादी केन्द्रका अध्यक्ष दाहाल के चाहान्छन् भन्ने पुष्टि भएको छ ।
जसरी भएपनि एमालेको अध्यक्ष वनाउने भन्नुको अर्थ के? नेकपा एमालेका अध्यक्ष ओली र माधव नेपालवीच आरोप प्रत्यारोप चलिरहेको वेला दुवै पक्षका सासदले दवाव अभियान शुरु गरेका छन् दुवै पक्षको सहमतिमा निमार्ण गरिएको कार्यदल विघटन भएपनि कार्यदलले तयार पारेर दुवै नेतालाई वुझाएको प्रतिवेदन तत्काल कार्यान्यन गरी पार्टीलाई एकतावद्ध वनाउनु पर्न उनिहरुको माग रहेको छ । दवाव समुहको अघुवाई सासद कृष्ण प्रसाद दाहालले गरेका छन् । एकता अभियानका सासदहरुले कार्यदलका पूर्व संयोजकहरुसग छलफल समेत गरेका छन् । माधव समुहको स्थायी समितिको वैठकले पार्टी एकतामै जोड दिएका भएपनि माधव नेपाल त्यस्मा एकमत हुन नसकेका हुनाले उनी नेकपा एमालेमा फर्किनमा कमै आशा रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports