विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीले उम्मेदवार छनोटका लागि ७ मापदण्ड बनायो

585
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्‍य निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ७ वटा मापदण्ड बनाएको छ । १ भदौमा बसेको केन्द्रीय सचिवालयको बैठकले ७ वटा मापदण्ड तयार गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए । एकीकृत समाजवादीले बनाएको मापदण्ड यस्तो छ :

क. पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको ।
ख. विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको ।
ग. पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ ।
घ. आर्थिक एवं नैतिक आचरण राम्रो रहेको ।
ङ. जनतामा स्थापित र लोकप्रिय ।
च. स्वच्छ छवि भएको र सुशासनको पक्षपाती ।
छ. कार्यक्षमता राम्रो भएको र सक्रिय ।
ज. समावेशीताको सिद्धान्त विपरीत नहुने ।

४ मंसिरमा हुने निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले २० भदौ भित्र उम्मेदवार छनोट गरिसक्ने कार्यतालिका बनाएको छ । पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको समन्वय कमिटीले १० भदौ भित्र जिल्ला कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिसक्ने कार्यतालिका बनाएको छ।

त्यस्तै १२ भदौ भित्र जिल्ला कमिटीले प्रदेश कमिटीमा नाम सिफारिस गरिसक्ने, १५ भदौ भित्र केन्द्रीय कमिटीमा नाम सिफारिस गर्ने र २० भदौ भित्र केन्द्रीय कमिटीले निर्णय गरिसक्ने एकीकृत समाजवादीको कार्यतालिका छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports