linktrix Long Ad
Salt Trading Long Ad

तनहुँमा करेन्ट लागेर बाबु-छोराको निधन, आमा घाइते

624
shares

तनहुँ ।तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको निधन भएको छ, आमा घाइते भएकी छिन् ।

मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा बिहीबार उनीहरुलाई करेन्ट लागेको थियो ।

चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा गए राति निधन भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports