kumari
stcnepal

तुइन काण्डको सत्यतथ्य वाहिर आओस्

काठमाडौ ।
वैदेशिक रोजगारीमा हिडेका दार्चुलाका जय सिंहधामी तुइनवाट महाकाली नदि तर्दातदै भारतीय सशस्त्र सीमा वल (एसएसवी ) ले तुइनको लट्टा काटी हत्या गरेका छन् । यो घटना दार्चुलाको मालाघाटको हो । दार्चुलाको सदरमुकाम जान तुइनवाट महाकाली नदी तरी भारतको वाटो जानुको अर्को विकल्प छैन । भारतले वैधानिक रुपमा चारवटा मात्र सीमा विन्दु स्वीकार गरेको र त्यसभीत्र मालघाट नपरेको हुनाले जानीजानी एसएसवीले तुईनकाटी दिएको हो । मालघाटलाई सीमाबिन्दुमा नराखेपनि तुईन तरेपछि अपराध गरेको भए , मुद्धा चलाएर कारवाही गरेको भए हुन्थ्यो तर हत्या नै किन ग¥यो । दार्चुला विकट र सुरक्षाको दृष्टिले समवेधनशिल जिल्लाभित्र पर्दछ । भारतको सिमा जोडिएको हुनाले सिमाकै कारण विवादित रहेको छ । त्यहाका नेपाली जनताले भारतीय भूमी नटेकी दैनिक जिवन यापन गर्न र दार्चुला सदरमुकाम पुग्न सक्ने अवस्था छैन ।
दार्चुला जिल्लाको अवस्था वुझ्दा वुझ्दै पनि नेपाल सरकारले दार्चुलाको सदरमुकाम पुग्ने वाटो तिव्ररुपमा वनाउने पहल गरेको देखिदैन । त्यँहाका जनताले सहज रुपमा जिवन यापन गर्न र आफ्नो भूमीवाट आफ्नै जिल्लाको सदरमुकाम पुग्न अझै कतिले ज्यान गुमाउन पर्ने हो । जानीजानी तुइन काटेर आफ्ना जनताको हत्या हुदाँ समेत शेरवहादुर देउवा सरकारले भारतीय समकक्षीसँग कुरा गरेर हत्यामा संलग्न भएका (एसएसवी )का सुरक्षा कर्मीलाई कारवाही र ज्यान गुमाएका धामीका परिवारलाई क्षतिपूर्ति दिलाउन किन विलम्व गरी रहेका छ । यस्तो घटना हुँदा समेत परराष्ट्र मन्त्रालय र भारतमा रहेको नेपाली राजदुतवास समेत किन मौन । भारतीय प्रशासनले यो घटनालाई र्दुघटना भनेर पुष्टीकरण दिएको भएपनि प्रत्यक्षदर्शीहरुले त्यसलाई हत्या नै भनेका हुनाले यस्को सत्यतथ्य वाहिर ल्याउन छानविन हुनुपर्दछ । तुईनवाट वारवार गर्दा ज्यान गुमाउने जयसिंहधामी पहिलो व्यक्ति होइन । पछिल्लो समयमा तुईन वाट वारपार गर्दा धेरै नेपाली जनताले ज्यान गुमाउदै आएका छन् । सरकारी पहल फितलो हुँदा यस्ता घटना पटक पटक दोहोरीने गरेका हुनाले त्यस्को समाधानका लागि सिंगो सरकारले ध्यान पु¥याउनु पर्दछ र पिडित परिवारलाई उचित क्षतिपूर्ति समेत दिलाउनु पर्दछ ।

footer