kumari
stcnepal

नेकपा एमालेभीत्र कठोर निणर्यको आवश्यकता

सम्पादकीय
संघीय ससदको प्रमुख विपक्षी दल नेकपा एमाले भीत्रको आन्तरिक द्वन्द्व तत्काल समाधान हुने अवस्था देखिएको छैन । तत्कालीन नेपाल कम्युनिष्ठ पार्टी हुदैँ उत्पन्न भएको द्वन्द अहिले चरम सिमामा पुगेको छ । नेपाल कम्युनिष्ठ पार्टी हुदैका वखतमा सत्तामा रहेकै वेला विवाद उत्पन्न भएको थियो । नेपाल कम्युष्ठि पार्टीको सर्वोच्च अदालतले २०७७ साल फागुन २३ गते दत्र्ता नै खारेज गरिदिएपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएका थिए । तत्कालीन नेपाल कम्युनिष्ठ पार्टी हुदैको अवस्थामा पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल वीचमा पनि द्वन्द देखिएको थियो । त्यसवेला झलनाथ खनाल र माधव नेपाल सहितका वामदेव गौतम समेतले अध्यक्ष दाहाललाई समर्थन गरेका । त्यही कारणले गर्दा अध्यक्ष दाहाल सहितका अन्य नेताहरुले २०७७ साल कात्र्तिक २८ गते तत्कालिन प्रधानमन्त्री एव पार्टीका अध्यक्ष केपी ओली माथी १९ वुदे संगीन आरोप लगाएका थिए । फौजदारी कानुन अन्र्तगत कारवाही हुनुपर्ने आरोप पार्टी सचिवलयमै दत्र्ता गरेका थिए । पार्टीको सचिवलयमा दाहाल खनाल नेपालको बहुमत रहेकोले त्यसैबेला उनीहरुले पहिलो अध्यक्ष ओलीलाई कारवाही गर्ने प्रयास गर्दै आएका भएपनि केपी ओली नेतृत्वको सरकारले पहिलो पटक २०७७ पुष ५ गते प्रतिनिधि सभा नै विघटन गरेप्रश्चात पार्टी भीत्रको विवाद सडकमै छताछुल्ल हुन पुगेको थियो । प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतको सम्वैधानिक इजालसले फागुन ११ गते असम्वैधानिक ठदर गर्दै विघटीत प्रतिनिधि सभाको पुनस्थापना गरी दिएपछि पनि नेकपा एमाले भीत्रको विवाद साम्य हुनुको बदला अझ तिव्र विवादमा फस्दै गएको थियो ।

अदालतको फागुन २३ गतेको निणर्यनुसार नेकपा एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा रहेका भएपनि नेकपा एमालेभीत्रको विवाद समाधान हुन सकेन । त्यही विवादका कारण २०७८ जेष्ठ ८ गते फेरि दोस्रो पटक प्रतिनिधिसभा विघटन भयो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७८ वैशाख २७ गते प्रतिनिधिसभावाट विश्वासको मत लिने दिन माधव नेपाल समुहका २२ जना सांसद अनुपस्थित रहेर प्रधानमन्त्री आलीलाई विश्वासको मत लिनवाट असफल वनाई दिए । त्यति मात्र होइन उनिहले आफ्नै पार्टी अध्यक्षको विरुद्वमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउन विपक्षी दलको गठवन्धनमा सहभागी भएर २३ सासदले हस्ताक्षर नै गरी राष्ट्रपति कहाँ पुग्नु माधव नेपाल पक्षको महाभुल थियो । उनीहरु सवै नेकपा एमालेको झण्डा, चुनाव चिन्ह र उसैको घोषणा पत्रका आधारमा निर्वाचनमा गएर चुनाव जितेका थिए । जनताले व्यक्तिलाई भोट दिएका होइनन् । चिन्हलाई मतदान गरेका हुन् । माधव समुहले आफ्नै पार्टीको चुनाव चिन्ह, झण्डा र चुनावी घोषणा पत्रलाई उल्लघन मात्र गरेको छैन आफुलाई मत दिने जनताको समेत अपमान गरेको छ । पार्टी भित्रको विवाद पार्टीभित्रै वसेर समाधान गर्नु पर्नेमा विपक्षीदलको गठवन्धनमा सामेल भएर आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा रहेका सरकार ढाल्नु कुन पद्धती भीत्र पर्दछ । अहिले पनि माधव नेपाल समुह विधि विधान र पद्धतीको कुरा उठाई रहेको छ । तर कस्तो विधि विधान र पद्धती माधव समुहलाई लागु हुने कि नहुने ? पार्टी अध्यक्ष केपी ओलीसँग माधव नेपाल पार्टीको नवौँ महाधिवेशनमा पराजित भएका व्यक्ति हुन । पार्टी अध्यक्षसँग पराजित भएका व्यक्तिले पार्टी अध्यक्षकै समान हैसियतको समान अध्यक्ष पद चाहिन्छ भन्नु कुन विधि विधान र पद्धती अनि नेकपा एमालेका विधान भीत्र पर्दछ ?

पार्टीभित्रको देखिएको विवाद समाधान गर्न पार्टी अध्यक्ष ओली र माधव नेपाल कै समर्थनमा दुवैपक्षवाट ५÷५ जना दोस्रो पुस्ताका नेताहरु रहेको कार्यदल गठन भएको र सो कार्यदलले विभिन्न पक्ष सग छलफल गरी आफ्नो प्रतिवेदन समेत तयार गरी दुवै नेतालाई वुझाईसकेको अवस्थामा माधव नेपाल समुहले माग माथी माग थप्दै जानुको अर्थ हो माधव नेपाल एमालेमा फर्किन चाहदैेनन् भने पार्टी अध्यक्ष ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष पद दिने सार्वजनिक रुपमै उदघोष गरी सकेका भएपनि माधव नेपालले फेरि ओली झलनाथ खनाल र वामदेव गौतम रहेको सचिवालय गठन गर्नुपर्ने माग गरेका छन् । पार्टीको विधान अनुसार पार्टी अध्यक्ष ओलीको कार्यकाल समाप्त भएको ठहर माधव नेपालले गरेका छन् । कोरोना भाइरसको कारणले गर्दा काग्रेस माओवादी केन्द्र नेकपा एमाले, राप्रपा सहितका प्राय सवै दलका नेताहरुको कार्यकाल समाप्त भएको छ । तर त्यो समयलाई शुन्य समयमानी संविधानले व्यवस्था गरेअनुसार नै अहिले पार्टीहरु सञ्चालन भएकाले ओलीको कार्यकाल सकियो भन्नु र सचिवालय गठन गरौ भन्नुमा अर्को षडयन्त्र लुकेको छ । यदि ओलीले सचिवालय गठन गर्न मानेको खण्डमा सचिवालयमा माधव नेपाल पक्षको बहुमत हुने भएकोले माधव नेपालले त्यस्तो माग गरेको हुन् । त्यो मागभीत्रै पनि षडयन्त्र लुकेको छ ।

पछिल्लो समयमा माधव नेपाल समुहले पार्टी नछोड्ने र पार्टी विरोधी गतिविधिमा पनि लागि रहने अनि पार्टीको केन्द्रीय समितिको वैठक लगायत अन्य महत्वपूर्ण वैठकहरुमा पनि सहभागी नहुने रणनितिमा लागेका जस्तो देखिन्छ । वोलीमा एकताको कुरा पनि उठाईरहने तर गठवन्धनको वैठकमा समेत सहभागी भइरहेको यो कुन पद्धती र विधि विधान भीत्र पर्दछ । माधव नेपाललाई एउटा दम्भले र घमण्डले सताईरहेका छ । २०६४ सालको संविधानसभाको निर्वाचनमा दुई ÷दुई ठाउँवाट पराजित हुदा त प्रधानमन्त्री वने भने अहिले त निर्वाचित हु भन्ने घमण्डले काम गरेको जस्तो देखिएको छ । आउँदो प्रतिनिधि सभाको निर्वाचनका मुख्य प्रतिस्पर्धी भनेका नेपाली काग्रेस र नेकपा एमाले नै हुन । उनीहरु वीचमै प्रतिस्पर्धी हुन्छ तर माधव समुह किन मुख्य प्रतिस्पर्धी सगैँ कुममा कुम मिलाएर आफ्नो पार्टीलाई ध्वस्त वनाउने काममा लागेको छ । पार्टीगत स्वार्थलाई भन्दा व्यक्तिगत स्वार्थलाई हेरेर अघि वढेको खण्डमा आउदो निर्वाचनमा नेकपा एमालेको हैसियत कस्तो होला ? काग्रेस माओवादी केन्द्रको सहयोगमा माधव नेपाल पक्षका २÷४ जनाले निर्वाचित जित्लान तर त्यसवेला उनीहरुको हैसियत कस्तो होला ,कुन पार्टीका यी । सवै कारणले गर्दा अव नेकपा एमालेले कठोर निणर्य गर्दै भरीसक्य पार्टीमा सवैलाई समेट्नु पर्दछ यदि कोही आउदैनन् भने उनीहरुलाई छोडेर भएपनि अघिवढ्नु उपयुक्त हुनेछ भन्ने हामीले ठानेका छौ ।

footer