पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले नै फर्किने पूर्वमन्त्री तामाङको घोषणा

832
shares

कैलाली ।नेकपा एमाले बाट प्रदेश सभामा निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले आफू पुनः एमालेमै फर्किने घोषणा गरेका छन् । सुदूरपश्चिम प्रदेश सभामा विशेष समय माग गर्दै उनले सत्ता गठबन्धनले जनताको भावना अनुसार काम नगर्न नसकेको भन्दै आफूले पुन एमाले रोज्न थालेको बताए । उनले आगामी दिनहरूमा संसदमा पनि जुन पार्टीको जुन चिन्ह बाट निर्वाचित भएको त्यही हिसाबले प्रस्तुत हुने जानकारी दिए ।

‘अहिलेको गठबन्धनले जनताको पक्षमा काम गर्न सकेन’ मलाई प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म सुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसाबले प्रस्तुत हुनेछु’ उनले सभामुखलाई जानकारी गराए । उनले आफू मन्त्री बन्नको लागि एमाले छोडेर नेकपा एकीकृत समाजवादी नरोजेको समेत प्रष्ट पारेका थिए । ‘मन्त्री हुनका लागि मात्र अर्को पार्टीमा गएको होइन, छ महिना मन्त्रालय चलाएपछि अर्को गठबन्धन भयो कांग्रेस सरकारमा आयो तर तरिका पुरानै भयो’ उनले भने ‘जुन चिन्ह बाट निर्वाचित भए अब त्यसैको हुन्छु ।’

तामाङ ०७४ सालको निर्वाचनमा एमाले बाट निर्वाचित भएका थिए । उनी त्यो बेला एमाले कञ्चनपुरका अध्यक्ष समेत थिए । एमाले विभाजन पछि उनले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए । तामाङले आज संसद्मा आफू एमालेमा फर्किने जानकारी दिए पनि उनले एमाले फर्किने मनस्थिति भने केही दिन पहिले नै बनाइसकेका थिए । तामाङ सहितलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली भदाै १५ गते महेन्द्रनगर आउँदै छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports