तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाले फेरी बोक्ने भए कलंकको कालो टिका

494
shares

दाहाल–नेपालको दबावमा अध्यादेश त्यस्को चौतर्फी विरोध
काठमाडौ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनको शेर बहादुर देउवा सरकारको पहिलो मिसन नेकपा एमालेलाई विभाजन गराउनु नै रहेको प्रष्ट भएको छ । त्यसैका लागि प्रतिनिधिसभाको अधिवेशन हठात बन्द गरेर सरकारले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएको छ । दल विभाजन सम्बन्धी ऐनमा व्यवस्था भएको प्रावधालाई संशोधन गरेर अब दलहरुको केन्द्रीय समिति वा संसदीय दलमा रहेका व्यक्तिले २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने प्रावधान अध्यादेशमा राखेको छ । सो अध्यादेशको एउटै उदेश्य हो नेकपा एमालेको असन्तुष्ट समूह माधव नेपाललाई नयाँ दल बनाउन बाटो खोल्नु ।

अध्यादेशका अनुसार नयाँ दल गठन भएपश्चात् स्थानीय तहका जनप्रतिनिधिहरु र प्रदेशसभाका सांसदहरुले पनि नयाँ दलमा प्रवेश गरेको खण्डमा उनीहरुको पद रिक्त नहुने व्यवस्था गरिएको छ । एउटा पार्टीको झण्डा, चुनाव चिन्ह र घोषणापत्र लिएर चुनाव जितेका व्यक्तिहरु अर्को पार्टीमा प्रवेश गर्न सक्ने व्यवस्था अध्यादेशमा गरिएको हुनाले सो कार्य संविधान विपरित रहेको छ । पार्टीको चुनाव चिन्ह लिएर निर्वाचन जितेका व्यक्तिहरुले पार्टी रोज्न पाउने अधिकार संविधानले कहिँ कतै दिएको छैन । नेकपा एमाले भित्रको आन्तरिक द्वन्द्वको फाइदा उठाएर माधव समूहलाई आफ्नो पक्षमा राखी राख्न र नेकपा एमालेलाई कमजोर पार्ने रणनीतिक उदेशयका साथ प्रधानमन्त्री शेर बहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालको सल्लाहनुसार त्यस्तो अध्यादेश ल्याएको हो । विगतको केपी ओली सरकारले त्यस्तै खालको अध्यादेश ल्याउँदा कांग्रेस, माआवादी केन्द्र र माधव नेपाल समूहले उग्र विरोध गर्दै सडक आन्दोलनसम्म गरेका थिए । अहिले तिनै नेताहरु सरकारमा रहेका बेला ओली सरकारले ल्याएको भन्दा अरु प्रतिगमनकारी अध्यादेश ल्याउनु सत्ता टिकाई राख्ने दाउँ बाहेक अन्य केही हुन सक्दैन ।

सत्ताधारी दललाई सत्तामा टिकिरहन बहुमतको आवश्यकता पर्दछ । नेकपा एमाले कानुनी रुपमा विभाजित नभएसम्म माधव समूह सरकारमा सहभागि हुन नसक्ने र पार्टीको निर्णय स्वीकार गर्न बाध्य हुने अवस्था आएपछि नेकपा एमालेलाई विभाजित गरेर आफ्नो स्वार्थ पूरा गर्ने खेलमा प्रधानमन्त्री देउवा, दाहाल र माधव नेपाल लागि परेका छन् । प्रतिनिधिसभामा जम्मा २ सय ७५ सांसद रहेकोमा अहिले ४ पद खाली रहेकाले गर्दा जम्मा २ सय ७१ सांसद रहेकोमा अग्नि प्रसाद सापकोटा सभामुख भएकाले उनले मतदान गर्न पाउँदैनन् भने नेपाली कांग्रेसका २ र जसपाका दुई सांसद निलम्बनमा रहेकाले अहिले ससदमा २ सय ६६ सांसद मात्र रहेका छन् । शेरबादुर देउवालाई बहुमतमा रहिरहन १ सय ३४ मतको आवश्यकता पर्दछ । जसपाको महन्थ ठाकुर पक्षमा १४ सासद रहेका भएपनि पछिल्लो समयमा त्यो संख्या १६ पुग्न सक्ने सम्भावना देखिएको छ । जसपा विभाजित भएको खण्डमा ठाकुर पक्षले सरकारलाई समर्थन नगर्ने प्रायः निश्चित रहेकोले गर्दा देउवा दाहालले नेकपालाई विभाजन गराएर माधव समूहलाई साथमा लिएर बहुमत पु¥याईराख्ने रणनीति लिएको छ ।
नेकपा एमालेले माधव नेपाल सहितका १४ सांसदलाई कारबाही गरि पद रिक्त रहेको निर्णय गर्न संसद सचिवालयमा निवेदन दर्ता गराई सकेको हुनाले १४ मध्येका ८ सांसद समानुपातिक लिष्टमा भएकाले नेकपाले ८ जनालाई सासदमा मनोनयित गर्न सक्छ । त्यो काम निर्वाचन आयोगले गर्ने हो ।

समानुपातिक लिष्टमा रहेका व्यक्तिहरुबाट । माधव नेपाल सहित ६ सांसद प्रत्यक्ष निर्वाचित भएकाले उनीहरुको पद रिक्त रहने भएपछि र जसपाको महन्थ ठाकुर पक्षमा १४ देखि १६ सांसद पुगेको अवस्थामा सरकारको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १६ र राष्ट्रिय जनमोर्चाका १ गरी जम्मा १ सय २७ सांसदको मात्र समर्थन रहने आंकलन गरेर देउवा–दाहालले माधव समूहबाट आवश्यक संख्या पु¥याउन दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको प्रष्ट भएको छ । माधव समूहका २३ सांसदले देउवालाई विश्वासको मत दिएका थिए र केही सांसद तटस्थ बसेका थिए । तर अहिले मत दिने र तटस्थ बसेकाहरु मध्येका केहीले खेमा परिवर्तन गरिसकेका हुनाले माधव समूहमा कति सांसद छन् भन्ने टुँगो लागि सकेको छैन । ठीक यहिबेला अध्यादेश ल्याएर सरकारले आफ्नो कुर्सी बचाउने खेल सुरु गरेको छ ।

देउवालाई अहिले यस्तो अध्यादेश ल्याउनुपर्ने आवश्यकता नै थिएन सरकार अल्पमतमा परेपनि उनले प्रतिनिधिसभा विघटन गरेर ६ महिना भित्रमा ताजा जनादेश लिन सक्ने सुविधा भएपनि माओवादी केन्द्र अहिलेकै अवस्थामा निर्वाचनमा जान नचाहेको हुनाले माओवादी र माधव नेपालको दबावमा उनले अध्यादेश ल्याएर अर्काको पार्टी विभाजन गराउने कलंकित कार्य गरेर कलंकको कालो टिका लगाएका छन् । विगतमा आफूबाट भएका गल्ती, कमजोरी सच्चाउने मौका देउवालाई भएपनि उनी फेरी एक माथि अर्को गल्ती गर्दै गएका छन् । उनले अहिले कलंककै कालो टिका बोक्नुपर्ने अवस्था थिएन । तर अरुको दबावमा देउवा कंलकको कालो टिका वोक्न कसरी बाध्य भए ?

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports