तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुछार राखेर दल दर्ता नहुने समाजवादी लोकतान्त्रिक पनि

689
shares

 

काठमाडौँ। प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो नेतृत्वको गठवन्धन सरकारलाई टिकाई राख्न राजनितिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर आफ्नो नेतृत्वको सरकारको आयु बढाएका छन् । आफ्नो नेतृत्वको सरकारको आयु वढाए पनि देउवाले भने कंलकको कालो टिका भने बोकिरहनु पर्ने भएको छ । नेपाली काग्रेस माओवादी केन्द्र, जसपा, माधव नेपाल समुह र राष्ट्रिय जनमोर्चाको गठवन्धनमा बनेको देउवा सरकारले ससदको अधिवेशन बन्द गरेकै भोलि पल्ट अध्यादेश लयाउनु नै कंलकको कालो टिका वोक्नु हो । प्रधानमन्त्री देउवालाई अध्यादेश ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले दवाव दिएका थिए । माधव नेपाल समुहले देउवालाई विश्वासको मत दिएको भएपनि उ कानुनी रुपमा नेकपा एमाले मै रहेकाले सरकारमा सहभागी हुन पाएको थिएनन् । नेकपा एमालेले माधव नेपाल सहितका १४ सासदलाई पार्टीको निर्देशन उल्घनन् गरेको भन्दै सांसदपद रिक्त गर्न संसद सचिवालयमा पत्र पठाएको छ भने त्यस्को जानकारी निर्वाचन आयोगलाई समेत दिएको थियो ।

देउवा सरकार भाद्र १ गते नै पारित गरेर दल विभाजन सम्वन्धी अध्यादेश राष्ट्रपति कहाँ भाद्र २ गते अध्यादेश जारी गरेको एक घण्टा नवित्दै माधव नेपाल समुहले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । उस्ले नेकपा एमाले समाजवादी पार्टी नामक दल दर्ता गर्नका लागि निवेदन दिएको हो भने जसपाको असन्तुष्ठ महन्थ ठाकुर पक्षले पनि नयाँ दल दर्ताका लागि निवेदन दिएको छ । राष्ट्रपतिले अध्यादेश जारी गरेपछि अध्यादेश अनुसारको नियमावली वनाउनु पर्ने भएको छ । निर्वाचन आयोगले नियमावली निमार्ण गरी कानुन मन्त्रालयको सहमति लिनु पर्ने र मन्त्रालयले सहमति दिएपछि त्यसलाई मन्त्रिपरिषदले पारित गरी राजपत्रममा प्रकाशित भएपछि मात्र त्यसले कानुनी मान्यता पाउने प्रावधान रहेकोले गर्दा दल दर्ताको समय अझै केही दिन लाग्न सक्छ ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा पहिला नै दर्ता भई सकेको भन्दै नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ठ पार्टीको दर्ता नै खारेज गरीदिएको हुनाले अव फेरि कुनै अर्को फुर्को झुण्डाएर निर्वाचन आयोगले दल दर्ता गर्न सक्ने सम्भावना न्यून रहेको छ ।

त्यही कारणले गर्दा माधव नेपाल समुहको नेकपा एमाले समाजवादी र महन्थ ठाकुर समुहको जसपा लोकतान्त्रिक दल दर्ता हुन सक्ने सम्भावना न्यून रहेको छ । नेकपा एमालेले आफ्नो पार्टीको नाममा अरु कुनै फुर्को झुण्डाएर दल दर्ता नगर्न निर्वाचन आयोगलाई पत्र लेखेको खण्डमा उक्त दल दर्ता नै हुन सक्दैन त्यसले माधव समुहले आफ्नो पार्टीको नाम बदल्नु पर्ने आवश्यकता देखिन्छ । निर्वाचन आयोगले पहिला गल्ति गरेर नेपाल कम्युष्ठि पार्टी भन्दै दुई वटा दल दर्ता गरेको थियो । अव आयोगले त्यस्तो गल्ति गर्ने छैन भने विश्वास आम नागरिकले गरेका छन् । नयाँ दल दर्ताका लागि करिव ३५ दिन लाग्न सक्छ । त्यसवेला सम्ममा माधव नेपाल सहितका १४ सासदको पद रिक्त भईसक्ने सम्भावना समेत रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports