सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी फेरि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कै पक्षमा

455
shares

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय समितिमा पेश गर्नुभएको राजनितिक प्रस्ताव तथा पार्टीको विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । पार्टीको दुई दिन सम्म चलेको बैठक केही महत्वपूर्ण निणर्यहरु समेत गरेको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रतिगामी खतरा अझै कायमै भएकाले सजगताका साथ अघि वढ्नु पर्ने आवश्यकता भएकोले गर्दा राष्ट्रिय एकताका लागि वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिन केन्दीय समितिको वैठकबाट सुझाव आएको बताएका छन् ।

पार्टी वैठकको समापन गर्दै अध्यक्ष दाहालले माओवादीले गरी रहेको कामलाई निरन्तरता दिने र यस्तै अवस्थामा पार्टी वसीरहने हो भने माओवादी केन्द्रको औचित्य समाप्त हुनेमा ध्यान दिन सबैलाई आग्रह गर्नु भएको छ । केही दिन पहिला पनि पार्टी अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष एव पूर्व प्रधानमन्त्री केपी ओलीसग एकलै लड्न नसकिने भन्दै ओलीसग लडन् माधव नेपाल समुहसँग सहकार्य गरेर अघि वढ्नु पर्ने वेला बताएका थिए । अध्यक्ष दाहाल जुनसुकै सर्तमा पनि नेकपा एमालेलाई विभाजन गराई छाड्ने अभियानमा लागेका छन् । नेकपा एमाले विभाजन भएको खण्डमा आफ्नो पार्टी सवैभन्दा ठूलो हुने र स्थानिय तह, प्रदेशसभा र संघीय ससदमा समेत आफ्नो पार्टीले महत्वपूर्ण स्थान पाउने बताउदै आएका छन् । अध्यक्ष दाहालले आउदो निर्वाचमा आफ्नो पार्टी सवै भन्दा ठूलो पार्टी हुने उद्घोष गरेपनि माओवादीका अन्य नेताहरुले भने त्यसलाई पत्याउन सकिरहेका छैनन् ।

माओवादी केन्द्रको बैठकले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचित प्रणालीको नितिमा जानुपर्ने विषयले मान्यता पाएको छ । संविधानसभाले २०७२ सालमा निणर्य गरेको संविधानलाई च्यालेन्ज दिदै माओवाादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनको प्रणालीलाई अघि सारेको छ । संविधान अनुसार अहिले ससदवाट निर्वाचित राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था रहेकोमा त्यसलाई माओवादीले अस्वीकार गरेको जस्तो देखिएको छ । बैठकले एमसीसीका बारेमा भने माओवादीको असहमति जनताले थाहा पाउने गरी आउनुपर्ने सुझाव केन्द्रीय समितिले दिएको भएपनि त्यस विषयमा भने अध्यक्ष दाहाल चुपचाप नै रहेका छन् । अब माओवादी को राष्ट्रिय सम्मेलनमा केन्द्रीय समितिले अध्यक्ष महासचिव लगायतका पदाधिकारी चयन गर्ने भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports