linktrix Long Ad
Salt Trading Long Ad

तरुणका सामु मुलुक बनाउने जिम्मेवारी रहेको छ : नेता शंकर भण्डारी

676
shares

 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्रि एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।
राजधानीमा सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४औँ महाधिवेशन सफलताका लागि परिचयात्मक बृहत् छलफल कार्यक्रममा विभागका प्रमुख भण्डारीले कांग्रेसले अहिलेसम्म तरुण युवाका समस्या समाधान गर्न नसकेको गुनासो गर्नुभयो । उहाले भन्नु भयो  तरुण विभागले विभिन्न समिति गठन गरि तरुण युवाहरुलाई कांग्रेसको पहिचान दिने काम गरेका छौ।
देशभरका तरुणको ऊर्जाले नै पार्टी बलियो हुने उल्लेख गर्दै उहाँले उनीहरूले बेहोर्दै आएको बेरोजगारीको समस्या समाधान गर्न कांग्रेस नेतृत्वसँग माग गर्नुभयो ।
आफ्ना समस्या समाधानका लागि पार्टीलाई दबाब दिनुपर्नेमा जोड दिँदै भण्डारीले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा पार्टीका विभिन्न तह र तप्कामा प्रतिनिधित्व गर्न देशभरका तरणलाई सुझाव दिनुभयो ।
तरुणलाई सक्षम र सबल बनाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि उनीहरू आफैँ लगनशील, अनुशासित, मर्यादित र निडर हुनुपर्ने बताउनुभयो । तरुणका सामु मुलुक बनाउने जिम्मेवारी रहेको भन्दै भण्डारीले सक्रियता बढाउन सुझाव दिनुभयो ।
तरुणले नै देशमा परिवर्तन गर्नसक्ने उल्लेख गर्दै उहाँले पार्टीको आसन्न महाधिवेशनमार्फत वडा, गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रमा बढीभन्दा बढी प्रतिनिधित्व गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले तरुणको विचार पार्टीको कार्यदिशा गर्नुपर्ने बताउनुभयो । प्रतिगामीसित लड्न सक्ने क्षमता तरुणसित मात्र भएको उल्लेख गर्दै उहाँले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । तरुणले नै पार्टीलाई ऊर्जा दिने बताउँदै सङ्ग्रौलाले कांग्रेसको वर्तमान तरुण नै भएको सुनाउनुभयो ।
तरुण युवा पार्टीको मात्रै नभई मुलुकको सम्पत्ति भएको तर उनीहरूलाई अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी दिन नसकेकामा नेता सङ्ग्रौलाले आपत्ति व्यक्त गर्नुभयो ।
कांग्रेसको वैचारिक शक्ति तरुण युवा भएकाले उनीहरूलाई क्रियाशील बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । विभिन्न चुनौतीका बीच तरुणलाई अघि बढ्न सल्लाह दिँदै उहाँले उनीहरूका सामु थुप्रै अवसरसमेत रहेको बताउनुभयो ।
पार्टीको १४औँ महाधिवेशनको सफलता तरुणसित जोडिएको सुनाउँदै डा.सङ्ग्रौलाले अहिलेको अवस्थामा दुविधामा नबस्न देशभरका तरुण युवालाई सुझाव दिनुभयो ।
कार्यक्रममा तरुण विभागका सचिव श्याम श्रेष्ठ, विभागका सदस्यहरु पासाङ नोर्वु शेर्पा, सुनिलबाबु खाती, सरस्वती शाह, राजेशकुमार शाही, नन्दबहादुर विष्ट, हरिहर काफ्ले, रामशरण घिमिरेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम संचालन विभागका केन्द्रिय सदस्य खिमान सिंह रायमाझीले गर्नुभएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports