गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाललाई हिन्दुराष्ट्र बनाउन पूर्व सुरक्षाकर्मी परिषद्को माग

676
shares

 

काठमाडौ । नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेरबहादर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
पुर्व सुरक्षाकर्मी परिषद् नेपालले सम्पुर्ण सुरक्षाकर्मीको हकहित र जनजीविकाको लागि १९ बुँदे माग प्रधानमन्त्रीसमक्ष बुझाएको पनि जानकारी दिएको हो ।
सशस्त्र प्रहरीका पूर्व एआइजी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार डा. ठाकुरमोहन श्रेष्ठले सुरक्षाकर्मीहरुको अवस्था र समस्याको बारेमा प्रधानमन्त्री देउवालाई आफूहरुले जानकारी दिएकोे बताए । उनले प्रधानमन्त्रीले आफूहरुको मागको सम्बोधन नगरे जनतासामु जाने स्पष्ट पारे । श्रेष्ठले भने,‘देशमा सनातन हिन्दुराष्ट्र कायम गरिदेउ गोली र बारुद होइन् भनेका छौ । ’
श्रेष्ठले बन्दुक बोकेर नभई आदर्श बोकेर अगाडि बढ्न लागेको जिकिर गरे । अरु राजनीतिक पार्टीले जस्तो विध्वंश नगरी शान्तिपूर्वक राष्ट्रहितको लागि आफूहरु अगाडि बढेको बताए । उनले सिमामा रक्षा गर्ने सिपाहीको क्षमता कम नजरअन्दाज गर्न नुहुने तर्क गरे । उनले भने,‘राज्यको व्यवस्थालाई छातिमा झु्न्डाएर सुरक्षा दिने र देशको रक्षा गर्ने सुरक्षाकर्मी हुन् । हामीले पार्टी खोलेर दर्ता गरेर विदेशीको भत्ता खाएर पार्टी खोेलेका छैनौं । हाम्रो माग नीतिगत हो ।’
कार्यक्रममा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको उपाध्यक्ष पुष्पाखर गौतमले स्वागत गर्दै सुरक्षाकर्मीहरुको पुर्व सुरक्षाकर्मीहरुका हकहितमा काम गरिरहेको बताए । उनले सरकारलाई माग पुरा गर्न झक्झकाउन सबैलाई आग्रह समेत गरे । उनले राष्ट्रिय हितबिपरित केही कार्य नगर्न आफुहरुले प्रधानमन्त्रीलाई आग्रह गरेको सुनाए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports