linktrix Long Ad
Salt Trading Long Ad

सांगीतिक क्षेत्रका जेबी टुहुरेको आज निधन

1.08K
shares

काठमाडौँ ।
जनवादी गायक जेबी टुहुरेको जीवनको आधा शताब्दी नेकपा एमालेसँग जोडिन्छ । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, बिहीबार माओवादी मुख्यालय, पेरिसडाँडामा टुहुरेलाई कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो ।‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सखको सधैं प्यासी बनेर’ भन्ने चर्चित गीत गाएका टुहुरेले एमालेमा मन भाँचिएपछि त्यहीँ ‘दास’ बनेर बाँचेनन् । ०६६ सालमै उनी एमालेबाट चित्त दुखाएर माओवादीमा प्रवेश गरे । ७८ बर्षीय जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) टुहुरेको आज बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कलंकीस्थित आफ्नै निवासमा लडेका उनमा मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप जस्ता दीर्घरोगहरु थिए । आमा दिदी बहिनी हो, बसाइँ हिँड्नेको ताँतीले, चौंरी चर्ने ठाउँ, दुःखको भोज, रातको अनिँदोलगायत टुहुरेका थुपै्र गीत जनताले रुचाएका छन् । यिनै गीतहरू सुनेर धेरै मानिसहरु नेकपा एमाले बनेका छन्, कम्युनिष्ट बनेका छन् । आफ्ना गीत संगीतमा जनताका समस्या, दुःख, पीडा, पिरमर्कालाई विषयवस्तु बनाउने टुहुरेका गीतमा वर्गीय प्रेम, राष्ट्रप्रेम र विद्रोह पनि उत्तिकै झल्कन्छन् । सरल मिजासका टुहुरेको जीवन सरल किसिमले, दुःख र अभावमै बित्यो ।

मूलतः उनले आफ्नो पसिनाले सिञ्चित गरेको पार्टी एमालेमा टुहुरो महसुस गरे र नेकपा माओवादी रोजे । धरानको पुरानो बजारमा बि.सं २००१ कात्तिक १५ गते जन्मिएका उनी कृष्णबहादुर खड्गी र दानदेवी खड्गीका जेठा छोरा हुन् । मध्यम वर्गीय परिवारमा जन्मिएका उनले २०२१ सालमा बुबाको निधनपछि आफू टुहरो भएको भन्दै सांकेतिक रुपमा आफ्नो नामको पछाडि ‘टुहुरे’ लेख्न थालेका थिए । सानैदेखि गीत गाउने, नाच्ने टुहुरेको विसं २०१० बाट औपचारिक सांगीतिक यात्रा सुरु भएको हो । सुरुमा उनी सबैखालका गीत गाउँथे । विसं २०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक रहेपछि उनले विद्रोह र जनताका गीत बनाउन थाले । जनताको पक्षमा करिब ५ दशक गीत गाएका टुहुरे आफूलाई राजनीतिज्ञ भन्दा पनि जनवादी गायक तथा कलाकारकै रुपमा चिनाउँथे । ‘चरी भरर’, ‘आमा दिदीबैनी हो’ उनका २०३३ सालतिरका गीत हुन् । जुन गीत उनले पछिल्लो समय पनि कार्यक्रमहरुमा निरन्तर गाउँदै आएका थिए । आज उहाले सबैलाई छाडेर जानुभएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports