आजदेखि भेरोसेलको दोस्रो डोज दिइँदै
वि.सं.२०७८ भदौ ११ शुक्रवार १३:५९
shares

काठमाडौं । कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन थालिएको हो । तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई खोप दिइने उनले बताए । यसैगरी नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेलको दोस्रो डोज लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए । खोप लगाउन जाने नागरिकले पहिलो डोज लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बरको आधारमा खोप दिइने उनले बताएका छन्






































