स्कटल्याण्ड बिरूधको खेलमा ११९ रनमै समेटियो नेपाल
वि.सं.२०७९ मंसिर २२ बिहीवार १७:०८
shares

नामिबीयामा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई १२० रनको सामान्य लक्ष्य दिएको छ। युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३५.३ ओभरमा अलआउट हुँदै ११९ रनमा समेटियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। ५७ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउँदा सोमपाल कामीले १६ र ललित राजबंशीले ११ रन बनाए। नेपालका बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपाललाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका ब्रेन्डन म्याकुम्यालन, मार्क वाट्ट र श्यान शरिफले समान २-२ विकेट लिए। नामिविया भ्रमणमा जित निकाल्न नसकेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ। यस भ्रमणमा नेपालले तीन खेलिसक्दा दुईमा हार र एकमा बराबरीको नतिजा निकालेको छ ।





































