एमालेको सचिवालय बैठक भोली, समानुपातिकका उम्मेदवारहरुको टुंगो लगाउने
वि.सं.२०७९ मंसिर २२ बिहीवार १७:१४
shares

नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ। एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए।
उनका अनुसार बैठकमा समानुपातिक तर्फका सांसदको छनोट, निर्वाचन समीक्षा लगायतका विषयमा छलफल गरिने छ। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिक तर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ। एमालेले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिक तर्फ ३४ सिट प्राप्त गरेको छ।





































