मेलम्चीको पानी शुक्रबार देखी काठमाडौंका जनताको घरघरमा
वि.सं.२०७९ मंसिर २२ बिहीवार १७:२१
shares

काठमाडौं ।सुन्दरीजल आइपुगेको मेलम्चीको पानी शुक्रबार बाट काठमाडौं उपत्यकाका घरघरमा वितरण गर्ने र्भको छ । मेलम्ची खानेपानी आयोजना अनुसार आउँदो शुक्रबार देखि उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गरिनेछ ।सिन्धुपाल्चोकको हेलम्बु स्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुख बाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो ।
करिब २७ किलोमिटर सुरुङ पार गरेर ४ दिन अघि मात्र काठमाडौंको सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी आइपुगेको थियो । सुन्दरीजलमा जम्मा गरिएको पानी वितरण गर्न लागिएको हो । प्रशोधित पानी बिहीबार बेलुकी महाङ्काल स्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको आयोजनाले जनाएको छ । ट्यांकी भरिएपछि शुक्रबार बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी औपचारिक रुपमा घर–घरको धारहरूमा पठाइनेछ । सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ ।
उपत्यकाको विभिन्न १० स्थानमा रहेको रजर्भ ट्याङ्कीमा पानी पठाउन करिब ७७ किमि पाइपबाट वितरण गर्नुपर्छ । आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जे लगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना छ ।पानी पठाउने क्रममा कतै प्राविधिक समस्याले ढिलो पनि हुन सक्ने आयोजनाको दाबी छ । पानी वितरण कार्यको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ ।





































