२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काभ्रेको बेथान चोकमा बस दुर्घटना १७ को निधन

845
shares

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४५८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ३ जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको उनले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले व्रतबन्ध बाट रिजर्भ गरेर पनौती फर्किने क्रममा अनियन्त्रित भई पल्टिएको बताए । तीव्र गतिका कारण बस सडकमा नै पल्टिएको हुनसक्ने उनको भनाई छ । सुनुवारले भने मृतकको सङ्ख्या यकिन भइनसकेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports