kumari
stcnepal

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाईनलमा प्रवेश

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कतारको लुसाइल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिना क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे ।

हार सँगै अघिल्लो संस्करणको उपविजेता क्रोएसियाको यो पटक विश्वकप जित्ने सपना चकनाचुर बनेको छ । क्रोएसियाले अब तेस्रो स्थानका लागि फ्रान्स र मोरोक्को बीचको पराजित टोली सँग प्ले अफ खेल्नेछ । यस्तै अर्जेन्टिनाले भने फ्रान्स र मोरोक्को बीचको विजेता सँग फाइनल खेल्नेछ । फाइनल खेल आइतबार राति हुनेछ ।

footer