kumari
stcnepal

पुष २ गतेपछि सरकार निर्माणले गतिलिने

काठमाडौं ।निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम आयोगले तीन सातापछि बुधबार सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभातर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो । आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले जानकारी दिए ।

प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुख समक्ष बुझाएपछि राष्ट्रपति र प्रदेश प्रमुख बाट प्रमाणिकरण भएपश्चात राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि नयाँ सरकार गठनको बाटो खुला हुनेछ । दलहरु अहिले देखि नै सरकार गठनका लागि सांसद संख्या जोडघटाउमा लागेका छन् ।

footer