निर्वाचन आयोगले पुष ३ गते समानुपातिक तर्फका सांसदलाइ प्रमाणपत्र दिने
वि.सं.२०७९ मंसिर २८ बुधवार १४:४७
shares

निर्वाचन आयोगले समानुपातिक तर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदलाई आगामी पुस ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ ।
आयोगले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुस ३ गते आइतवार प्रमाणपत्र वितरण गरिने जानकारी दिए ।
आइतवार दिउँसो १ बजे आयोगको कार्यालयमा प्रमाणपत्र वितरण कार्यक्रम हुने उनले बताए ।






































