२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्यायालय भित्रका समस्याहरू क्रमस सुधार हुदै जानेछन : कामु प्रधानन्यायाधीश कार्की

832
shares

काठमाडाैं ।सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले न्यायसम्पादनमा देखिएका समस्या क्रमशः समाधान उन्मुख भएको बताएका छन् । उनले सामूहिक प्रयासमा न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै पाँच वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन गरी फर्छ्याैट गर्न थालिएको बताए ।

आज उच्च अदालत पोखरा बागलुङ इजलाश भवनको यहाँ आयोजित शिलान्याश कार्यक्रममा उनले सर्वोच्च अदालतले गोलाप्रथाद्वारा न्याय सम्पादन गर्ने, पाँच वर्ष नाघेका मुद्दाको छुट्टै व्यवस्थापन गर्ने र न्यायालयमा विचलन आउन नदिन न्यायालय सुधारका धेरै योजना अहिले कार्यान्वयनको चरणमा रहेको बताए ।

‘न्यायलयमा केही समस्या नभएका होइनन् छन्, त्यसलाई विस्तारै सुधार गर्न लागिएको छ, अहिले गोला प्रथाद्वारा न्याय सम्पादन भइरहेको छ, पाँच वर्ष बढीका मुद्दालाई तीव्र रुपमा फछ््यौट गर्ने कार्य भइरहेको छ”, कामु प्रन्या कार्कीले भने, ‘अल्पकालीन अन्तरिम आदेश लिएर लामो समय अल्झाउने कार्यलाई अहिले एक हप्ताभित्रै ल्याएका छौँ, सामूहिक प्रयासमा मात्रै न्याय सम्पादन सहज बनाउन सकिन्छ ।” उनले अदालतका पूर्वाधार गुणस्तरीय हुनुपर्नेमा जोड दिए ।

अदालतको भवन प्रविधि, अपाङ्गता, भूकम्प प्रतिरोधि बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवनभन्दा ठूलो र आधुनिक भएको भवन निर्माणको प्राविधिक सहयोगी सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports