kumari
stcnepal

कति हुन्छ विश्वकप फुटवल बिजेताको पुरूस्कार रकम ?

विश्व फुटबलकै महाकुम्भको विजेता टोलीले कति पुरस्कार पाउँछ भन्ने चर्चा हुन्छ । विश्वकपमा विजेता टोली सँगै अन्य टोलीले पनि पुरस्कार पाउँछन् । विश्वकप विजेताले उपाधि सँगै ठूलो मात्रामा नगद रकम पाउँछ । कतारमा विश्वकपको विजेताले अहिले सम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछ । सन् २०१८ मा फ्रान्सले पाएको विश्वकपको पुरस्कार भन्दा ४ मिलियन धेरै हो ।

अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाब गर्दा नेपाल राष्ट्र बैंक अनुसार शनिबारको अमेरिकी डलरको बिक्री मूल्य अनुसार करिब ५ अर्ब ५६ करोड ६१ लाख ४६ हजार ६०० हुन्छ । यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात् नेपाली रकम ३ अर्ब ९७ करोड ५८ लाख १९ हजार पाउने छ ।

तेस्रो हुने टिमले २७ मिलियन अर्थात् ३ अर्ब ५७ करोड ८२ लाख ६० हजार पाउँदा चौथो हुने टिमले २५ मिलियन अर्थात् ३ अर्ब ३१ करोड ३१ लख ८२ हजार ५०० रुपैयाँ पाउनेछन् ।

footer