२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले दिए खनाललाई झडका

1.2K
shares

विराटनगर ।निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुन निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका थपलियाले शनिबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गरेको दाबी गर्दै उनले पुनः मतगणना र पुनः मतदान गर्न नपर्ने बताए । ‘आयोगले गरेको कुनैपनि निर्णय माथि पुनरावेदन लाग्छ, अदालत बाट भएको आदेश पालना गर्न आयोग प्रतिवद्ध छ’, उनले भने,‘ आजका मितिमा यो निर्वाचनमा कहीँ पनि एउटा मतदान अधिकृतले आफ्नो स्वार्थ सिद्धिका लागि कुनै काम गरेका छैनन्, कुनै सुरक्षाकर्मी चुकेको छैन र कहीँ पनि पुनः मतदान गर्नुपर्ने वा फेरि मतगणना गर्नुपर्ने अवस्था सिर्जना भएको छैन ।’

निर्वाचनमा खटिएका सबै कर्मचारीले निष्ठापूर्वक काम गरेको उनको दाबी छ । इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पुनः मतदान गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । खनालको रिट प्रति संकेत गर्दै थपलियाले यस्तो बताएका हुन् । उनले भने, ‘उम्मेदवारलाई सानो, ठूलो, कमजोर भन्ने कुरा नबोलौं, उम्मेदवार बराबर हुन् ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports