२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सप्तरीमा एक करोड रकम लिएर कान्तिपुर सहकारीका अध्यक्ष फरार

1.08K
shares

सप्तरीको राजविराज स्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ठूलो धनराशिका साथ फरार भएका छन् । राजविराज नगरपालिका-७ मा रहेको सहकारीका अध्यक्ष बेचन यादव सहित पदाधिकारी एक करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएका हुन् । अध्यक्ष बेचन सप्तरीकै विष्णुपुर गाउँपालिका-१, जमुनीका बासिन्दा हुन् ।

बचतकर्ताका अनुसार संस्था सञ्चालक समितिका पदाधिकारी एक वर्ष देखि सम्पर्कमा आएका छैनन् । गएको मंसिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराए पनि प्रहरीले पक्राउ नगरेको बचतकर्ताको गुनासो छ । शनिबार बचतकर्ताले सहकारीका सचिव सिद्धार्थ तातेडलाई उनको घर बाट ल्याएर जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएका थिए ।

आक्रोशित बचतकर्ता शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूलगेटमा केहीबेर धर्नामा समेत बसेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports