kumari
stcnepal

सप्तरीमा एक करोड रकम लिएर कान्तिपुर सहकारीका अध्यक्ष फरार

सप्तरीको राजविराज स्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ठूलो धनराशिका साथ फरार भएका छन् । राजविराज नगरपालिका-७ मा रहेको सहकारीका अध्यक्ष बेचन यादव सहित पदाधिकारी एक करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएका हुन् । अध्यक्ष बेचन सप्तरीकै विष्णुपुर गाउँपालिका-१, जमुनीका बासिन्दा हुन् ।

बचतकर्ताका अनुसार संस्था सञ्चालक समितिका पदाधिकारी एक वर्ष देखि सम्पर्कमा आएका छैनन् । गएको मंसिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराए पनि प्रहरीले पक्राउ नगरेको बचतकर्ताको गुनासो छ । शनिबार बचतकर्ताले सहकारीका सचिव सिद्धार्थ तातेडलाई उनको घर बाट ल्याएर जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएका थिए ।

आक्रोशित बचतकर्ता शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूलगेटमा केहीबेर धर्नामा समेत बसेका थिए ।

footer