२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले समानुपातिक सांसदलाई दियो सासद भएको प्रमाणपत्र

884
shares

काठमाडौं ।मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक बाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा समानुपातिक तर्फबाट निर्वाचित भएका सांसदहरुलाई आइतबार प्रमाणपत्र दिएको हो ।

आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सात वटै प्रदेशसभाका सांसदलाई एकै स्थान बाट प्रमाणपत्र दिइएको हो । उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गरेका थियो । प्रमाणपत्र पाएका सांसदहरुलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खादा लगाएर बधाई दिएका छन् ।

प्रतिनिधिसभामा ११० जना सामानुपातिक तर्फ निर्वाचित भएका छन् । प्रदेशसभा अन्तर्गत प्रदेश १ मा ३७, मधेशमा ४३, वाग्मती ४४, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सदूरपश्चिममा २१ जना समानुपातिक तर्फबाट निर्वाचित भएका छन् । प्रत्यक्ष बाट निर्वाचन सांसदहरुले भने निर्वाचन अधिकृतको कार्यलय बाट प्रमाणपत्र पाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports