काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार एक सय १९ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन । मन्त्रालयका अनुसार संकलित ११९ जनाकै नमूना पीसीआर विधि बाट परीक्षण गरिएको थियो ।