२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ सरकारको नेतृत्व देउवाले नै गर्ने आरजु देउवाको दाबी

1.17K
shares

नेपाली कांग्रेसकी नेतृ तथा समानुपातिक सांसद आरजु राणाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएकी छन् । निर्वाचन आयोगमा आयोजित प्रमाणपत्र ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राणाले निर्वाचनबाट प्राप्त अङ्कगणितका अनुसार नयाँ सरकारमा कांग्रेसकै दाबी रहने बताएकी हुन् ।

प्रधानमन्त्री पदका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी गर्नु स्वाभाविक भए पनि जनताको म्यान्डेट अनुसार कांग्रेसले नै नयाँ सरकारको नेतृत्व गर्नुपर्ने बताइन् । पार्टीभित्र संसदीय दलको निर्वाचनमा वर्तमान सभापति देउवाको दाबेदारी रहने पनि स्पष्ट पारिन् ।

उनले भनिन् । ‘उहाँ पार्टी सभापतिका रूपमा गठबन्धनलाई जिताएर, कांग्रेसलाई सबैभन्दा ठुलो दल बनाएर आउनुभएको छ । पार्टीको संसदीय दलमा उहाँको स्वाभाविक दाबी रहन्छ ।’संसदीय दलको नेता सर्वसम्मतिमा चयन गर्नुपर्ने सुझाव बारे प्रश्नमा उनले भनिन्, ‘कांग्रेस ठुलो पार्टी हो । लोकतान्त्रिक पार्टी भएकाले यहाँ धेरैको दाबी हुनु स्वाभाविक हो । सर्वसम्मत हुने कुरा भन्दा पनि राजनीतिमा आफूलाई स्थापित गर्न निर्वाचनमा जानुपर्छ भन्ने मेरो विश्वास हो । देउवाजीले पार्टी भित्र गिरिजाबाबु सँग चुनाव नै लडेर आउनु भएको हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports