२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुष्पकमल दाहालको प्रस्ताव समाजबादी फोरम बनाऔ, माधव नेपालको पार्टीलाई समाबेश गरौ

806
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी फोरम बनाउने प्रस्ताव गरेका छन् । आइतबार बसेको पदाधिकारी बैठकमा उनले समाजवाद तिर जान सहमत शक्तिहरुलाई एउटै ठाउँमा ल्याउन त्यस्तो फोरमको आवश्यकता भएको बताएका थिए ।

‘समाजवादी फोरम बनाउने कि भन्ने प्रस्ताव अध्यक्षले गर्नु भएको छ,’ उपमहासचिव हरिबोल गजुरेलले भने, ‘तर, आज त्यसबारे धैरै छलफल भएन ।’ समाजवादी केन्द्र बनाउने भन्दै यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एकता संयोजन समिति बनाउने सहमति गरेका थिए । त्यस्तै नेपाल समाजवादी पार्टीले पनि समाजवादी केन्द्र बनाउन पार्टी एकता गर्ने सहमति गर्दै माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेको थियो ।

आजको बैठकमा प्रचण्डले त्यसलाई विस्तार गरेर समाजवादी फोरम बनाउने प्रस्ताव गरेका थिए । अर्का उपमहासचिव जनार्दन शर्माले पनि समाजवादी केन्द्र बनाउने माओवादीको पुरानै एजेन्डा भएको बताए । ‘समाजवादी केन्द्रल बनाउने त माओवादी एजेन्डा नै हो’, शर्माले भने, ‘आवश्यक भएका र सहकार्य गर्न सकिने दलसँग सहकार्य गरेर जान सकिन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports